Menu


.



नायिका दीपिका पादुकोण बलिउडका डन अर्थात् साहरुख खानसँग निकट मानिन्छिन्। साहरुखसँग शत्रुता मोल्नु भनेको बलिउडमा टिक्न गाह्रो हुनु हो भन्ने धेरैको सोचाइ छ। यसैले पनि नायिका दीपिका पादुकोण बलिउड नायक साहरुख खानको एक कल फोनमा मुम्बईबाट कोलकत्ता पुगेकी हुन्। आइपीएलको पहिलो खेलमा साहरुखको टिम ‘कोलकत्ता नाइट राइडर्स भिड्दै थियो तर नायक अक्षयकुमार आफ्नो चलचित्र ‘वन्स अपन अ टाइम इन मुम्बई को प्रचारका लागि पनि सोही क्रिकेट मैदान पुगेका थिए।अक्षय आउने थाहा पाएपछि साहरुखले दीपिकालाई मुम्बईबाट कोलकत्ता तुरुन्त आउन भनी फोन गरेका थिए। साहरुखको १ फोनमै दीपिका ‘रामलीला’ को छायांकन छोडेर आइपीएल हेर्न कोलकत्ता पुगेको भारतीय संचारमाध्यमले जनाएका छन्। साहरुख र दीपिकाले अभिनय गरेको चलचित्र ‘चेन्नाई एक्सप्रेस’ र अक्षयकुमार अभिनित चलचित्र ‘वन्स अपन अ टाइम इन मुम्बई इदको अवसर पारेर एकै दिनमा प्रदर्शनीमा आउँदैछन्।

0 comments:

Post a Comment

 
Top