Menu


.


वाराणसीको काशीमा वेश्याहरुले अनौठो कार्यक्रमको आयोजना गरेर सारा जगतलाई आश्चर्यचकित बनाएका छन । मध्यरातको समयमा जलिरहेको चिताको बिचमा उनीहरुले रातैभरि नाचगानको कार्यक्रम राखेका हुन् । हिन्दुहरुको पवित्र तिर्थस्थल वाराणसीस्थित मणिकर्णिका श्मशान घाटमा दर्जनौं नगरवधुहरुले यस जन्मको पापकर्मबाट मुक्तिका लागि अखंड नृत्य साधना गरेको बताइएको छ ।

मणिकर्णिका श्मशानघाटमा रहेको मशान बाबा मंदिरमा साधना गर्नका लागि वाराणसीका साथसाथै चंदौली, मिर्जापुर, मुंबई आदि शहरहरु बाट समेत वेश्याहरू उपस्थित भएका थिए उनीहरुले सबै भन्दा पहिले श्मशाननाथ बाबालाइ श्रृंगार गरे, त्यसपछि  चिताहरुको नजिक सजिएको संगीतको महफिलमा पुरा रात नृत्य गरे ताकि अर्को जन्ममा शरीर बेच्ने व्यवसाय बाट छुट्कारा मिलोस ।






0 comments:

Post a Comment

 
Top