Menu


.


निर्देशक सिमोस सुनुवार पक्राउ परेका छन्। विभिन्न गीतको म्युजिक भिडियो तथा फस्ट लभ, मिसन पैसाजस्ता फिल्मको निर्देशन गर्दै आएका निर्देशक सिमोस सुनुवार पक्राउ परेका छन्। सुनुवारलाई लेनदेनको विषयलाई लिएर आइतबार दिउँसो प्रहरी प्रभाग कमलपोखरीले पक्राउ गरेको हो।

सुनुवारले सम्पादन, लोगो, कलर करेक्सन, एनिमेसेन, प्रोमो, स्टिकरलगायतका प्राविधिक काम गर्ने गरी चर्को पारिश्रिमक लिएर पनि ३ वर्षसम्म नायक तथा निर्माता सुरेश मरहठ्ठाद्वारा निर्माणाधीन फिल्म च्यालेन्जको काम पूरा नगरिदिएको तथा रकमसमेत फिर्ता नदिएका कारण प्रहरीले पक्राउ गरेको हो। लामो सयमसम्म कुर्दा तथा विभिन्न स्तरमा छलफल गर्दासमेत सधैं आलटाल गरिरहेपछि नायक तथा निर्माता मरहठ्ठाले नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाजसम्मलाई गुहारेको एवम् त्यहाँ लिखितरुपमा केही समय थप गरी काम सकाइदिने वाचा गरेका थिए । तर उनले

नगरेपछि निर्माता मरहठ्ठाका साथमा तीनै संघसंस्थाले जिल्ला प्रशासन कार्यलयमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। जिल्ला प्रशासनले महानगरीय प्रहरी परिसर काठमाडौंलाई र पसिरसरले कमलपोखरी प्रभागलाई निर्देशन दिएपछि सिमोस पक्राउ परेका हुन्। प्रभागले सिमोसलाई कारबाहीका लागि आइतबार नै परिसर चलान गरिसकेको छ।

0 comments:

Post a Comment

 
Top