Menu


.


सुनसरी, पचिरा गाविसमा १५ बर्षीय किशोरीलाइ क्रुरतापूर्वक हातखुट्टा बाँधेर रातभर बलात्कार गरिएको छ । बलात्कृत युवति सिमरिया गाविसकी हुन् ।  वैशाख ५ गते नै सो घटना घटेपनि प्रहरीले ढिलो मात्र सार्वजनिक गरेको खुल्न आएको छ ।

पांच गते साँझ पचिरा गाविसमा लागेको मेलाबाट फर्केको समयमा  ती किशोरीलाई ३५ वर्षीय दिलीप चौधरीले बाँसघारीनजिक खेतमा लगेर हातखुट्टा बाँधी निर्ममतापुर्वक बलात्कार गरेका थिए ।

बेहोस भएपछि चौधरी छाडेर भागेका थिए । बिहानै खेतमा मूर्छित किशोरीलाई स्थानीय बासिन्दाले देखेपछि परिवारलाई खबर गरेपछि वैशाख ६ मै इलाका प्रहरीमा जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेको परिवारले जनायो । कोशी अञ्चल अस्पतालमा केही दिन उपचार गरेर बलात्कृत युवति घर फर्केकी  छिन ।

0 comments:

Post a Comment

 
Top