Menu


.


बलिउडमा नायक शाहरुख खानले धेरै फिल्ममा आफ्नो अभिनयको जादू देखाइसकेका छन् ।

यही शाहरुखको नामबाट अरु कसैले अब फिल्ममा अभिनय गर्ने भएको छ । जानकी विश्वनाथनको नयाँ फिल्ममा शाहरुख खान नामबाट एउटा बोकाले अभिनय गर्ने भएको हो ।
यो फिल्ममा अभिनय गराउनको लागि तीन सय बोकाबाट यो बोका छानिएको हो । जसालाई जानकीले महाराष्ट्र कर्णाटक सीमानजिकैको बिदर गाउँबाट किनेर ल्याएकी हुन् ।

गाउँका बच्चाहरुले आफूले पालेका जनावरहरुको नम कलाकारहरुको सम्मान गर्दै उनीहरुकै नामबाट राख्ने बानीलाई फिल्ममा देखाइनेछ । फिल्ममा बोकाको अभिनय सकिएपछि त्यसलाई चन्नईको भेटेनरी विश्वविद्यालयलाई दान गरिने जानकीले बताएकी छिन् ।

0 comments:

Post a Comment

 
Top