Menu


.

बलिउड बादशाह साहरुख खान आफु भन्दा ठूला कलाकारको निक्कै इज्जत गर्छन् । उनले बलिउडका सुपरहस्टार अमिताभ बच्चनको काँधमा हात राख्दा आफुलाई डर लागेको खुलासा गरेका छन् । फिल्मफेयरले बलिउड १०० बर्ष पुगेको अवसरमा प्रकाशित गरेको विशेष म्यागेजिन लञ्च कार्यक्रममा साहरुखले यस्तो बताएका हुन् ।फिल्मफेयरको कभर पेजमा साहरुख खान, अमिताभ बच्चन र दिलिप कुमारको फोटो समावेश गरिएको छ । ‘फोटोसुटको क्रममा अमिताभ जी को काधमा हात राख्नुपर्ने पोज थियो तर म डराए’ साहरुखले भने । अमिताभ बच्चनको काँधमा हात राख्दा उनको अपमान हुने सोचाई साहरुखको थियो । साहरुखले म्यागेजिन लञ्च कार्यक्रममा आफ्नो २० बर्षे फिल्मी करिअरका रमाइला क्षण पनि सुनाएका थिए ।


0 comments:

Post a Comment

 
Top