Menu


.




लस एन्जल्स , दुई मन मिल्न जति गाह्रो हुन्छ, टुक्रिन त्यति नै छिटो र सजिलो हुन्छ भनिए पनि किम कार्दसिन र क्रिस ह्याम्फ्रिजबीच भने त्यस्तो भएन । टीभी पर्सनालिटी किमको बास्केटबल खेलाडी क्रिससँग २०११ को मध्यदेखि वैवाहिक सम्बन्ध विकास भए पनि छोटो समयमै दुवै अदालतको ढोका ढकढक्याउन पुगे, सम्बन्धविच्छेदका लागि । तर डेढ वर्षको लामो कसरतपछि बल्ल दुई कानुनी रूपमा अलग भएका छन् ।

विवाहको छोटो समयमै पत्नी किमले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरे पनि क्रिसले भने त्यसलाई अस्वीकार गर्दै अदालतमा सम्झौताका लागि आउन अस्वीकार गर्दै आएका थिए । आफ्नो सोझोपनको फाइदा उठाएर किमले झूटो विवाहको नाटक रचेको आरोप क्रिसको थियो । तर किमले भने क्रिससँग अलग्गिँदै हिपहप गायक काने वेस्टसँग एक वर्षअघि सम्बन्ध बढाएकी थिइन् । पतिबाट छुटकारा पाउनकै लागि उनले क्रिसको कन्सर्टमा उपस्थित झन्डै पाँच हजार दर्शकलाई आफूले क्रिसको पेट बोकेको सुनाएकी थिइन् । क्रिस पनि आफूले पत्नीलाई लगाएका आरोपमा तथ्य जम्मा पार्न नसकेपछि अन्ततः डिभोर्सका लागि राजी हुनुपरेको थियो । यसअघि सम्बन्ध विच्छेदका लागि किमसँग सात मिलियन डलर माग गरेका क्रिसले आखिरमा केही पनि नलिएको बताइएको छ ।

विवाहको ७२ दिनमै डिभोर्सका लागि निवेदन चढाएकी किमलाई शुक्रबार कानुनी रूपमै दुई पति-पत्नी छुट्टएिपछि न्यायाधीशले किमतर्फ र्फकंदै भने, 'बधाई छ तिम्रो विलयनका लागि ।'

0 comments:

Post a Comment

 
Top