Menu


.



कलर्स टिभी बाट प्रसारित चर्चित रियालिटी शो बिग बोस सिजन ६ मा सहभागी भएर राजीव पालसँगको दोस्तीका कारण चर्चामा रहेकी मोडल तथा अभिनेत्री सना खान एक किशोरीको अपहरणमा संलग्न रहेको आरोपमा फरार भएकी छिन । अभिनेत्री सना खान अपहरणको मामिलामा फसेकी छिन् । उनी माथि एक किशोरीको अपहरण गर्ने प्रयास गरेको आरोपमा मुद्धा परेको छ ।

सनाले जुन किशोरीलाई अपहरण गर्न लागेको आरोप छ ती किशोरी सनाको भाई नादेव खानसँग विहे गर्न इन्कार गरेको बताइएको छ ।

विहेको लागि सनाले उक्त किशोलाई दबाब दिइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मुम्बई पुलिसले बताए अनुसार सनाले अन्य चार जनासँग अपहरणको कोशिशमा साथ दिएकी थिइन् । पुलिसले अहिले सनालाई खोजिरहेको बताइएको छ ।

उता सनाको सेक्रेटरीले भने एउट चर्चित व्यक्तिलाई फसाउनको लागि किशोरीको परिवारले यो जाल रचेको आरोप लगाएका छन् ।



0 comments:

Post a Comment

 
Top