Menu


.


नेपाली फिल्मका तीन अभिनेताका पूत्र अभिनित फिल्म होष्टेलको फस्टलुक, गीत र प्रोमो सार्वजनिक भएको छ । राजधानीमा बिहिबार आयोजित सदावहार नायक भुवन केसी पुत्र अनमोल, निर्देशक तथा कलाकार शोभित बस्नेत पुत्र सलोन र वरिष्ठ अभिनेता टीका पहाडी पुत्र गौरव अभिनित फिल्मको फष्टलुक, गीत र प्रोमो चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताले सार्वजनिक गरेका हुन् ।


दुर्गिस फिल्मस्को व्यानरमा तीन वर्ष अघि निर्माण गरिएको फिल्म सायदको सफलता पछि यही व्यानरले होष्टेल बनाएको हो । कार्यक्रममा निर्माता रावलले नेपाली फिल्ममा युवा वर्गको प्रवेशसँगै नयाँ स्वादका फिल्मको पनि निर्माण क्रम चलिरहेको बेला त्यो स्वादलाई होष्टेलले पनि समेट्ने दाबी गरे । रावलकै कथा रहेको फिल्ममा हेमराज बिसीको लेखन र निर्देशन रहेको छ । यसै फिल्ममार्फत उनले निर्देशनमा डेब्यु गरेका हुन् ।


फिल्मका अन्य कलाकारमा शोभित बस्नेत, प्रंकृति श्रेष्ठ, रिस्ता बस्नेत, सिङसुङ थापा, राजु लामा, सौगात रिमाल, शिरि भण्डारी, बिएस राणा, रश्मी भट्ट र सुनिल रावल छन् । सुरेन्द्र पौडेलको सम्पादन रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व, दिवस पौडेल र स्वप्निल शर्माको संगीत र हरि हुमागाईको छायांकन रहेको छ । फिल्म भदौ १४ मा अल नेपाल रिलिज हुँदैछ ।

0 comments:

Post a Comment

 
Top