Menu


.



बेलायतमा आठदेखि १६ वर्षका ९० प्रतिशत बालबालिकाले कम्तीमा एक पटक अश्लिल भिडियो गर्ने गरेको भर्खरै सार्वजनिक भएको सर्वेक्षणले देखाएको छ । सो सर्वेक्षणले अधिकांश बालबालिका ११ वर्षको उमेरसम्ममा कुनै न कुनै प्रकारको अश्लिल सामग्री हेरिसकेको पनि खुलासा गरेको छ । इन्टरनेटमा हुने सर्चमध्ये २५ प्रतिशत पोर्नसँग सम्बन्धित हुने र हरेक सेकेन्ड कम्तीमा ३० हजार मानिसले यस्ता वेबसाइटहरु हेरिरहेका हुन्छन् ।

बेलायती समाचार संस्था बीबीसीले वयस्क चलचित्रप्रति बालबालिकाको यस्तो निकटताले सेक्सबारे नकारात्मक भावना पैदा गराउने बताएको छ । यो प्रवृत्ति बेलायती आमाबुबाका लागि टाउको दुखाइ बन्दै गएको छ, बीबीसीले आफ्नो वेबसाइटमा लेखेको छ ।

हरेक बालबालिकासँग निजी कम्प्युटर, इन्टरनेट पहुँच र स्मार्ट फोन भएको कारण यसलाई कसरी रोक्ने भन्नेबारे अभिभावक स्वयम् नै दिविधामा रहेको पनि समाचारमा बताइएको छ । त्यसैगरी, दुई वर्षअघि युरोपमा गरिएको अर्को सर्वेक्षणका अनुसार ९ देखि १६ वर्ष उमेरका एकतिहाई बालबालिकाले वयस्क तस्बिर हेर्ने गर्थे तर उनीहरुमध्ये ११ प्रतिशतले मात्र यस्ता तस्बिर हेर्न इन्टरनेटको प्रयोग गरेका थिए ।

त्यसैगरी यु भिलेजले गरेको सर्वेक्षणका अनुसार १६ देखि १८ वर्षका एकतिहाइ किशोरले पोर्न तस्बिरहरु मोबाइल फोनमा हेरेका थिए । यसैबीच, बेलायतको नेशनल एसोसिएसन अफ हेड टिचर्सले बालबालिकाको पाठ्यपुस्तक पोर्नोग्राफीलाई पनि सामेल गर्ने प्रयास थालेको छ । उनीहरुले बालबालिकालाई यौनप्रति सकारात्मक जानकारी दिन यस्तो कदम चालेको बताएका छन् ।

0 comments:

Post a Comment

 
Top