Menu


.

चेतनाको बिशुद्ध अबस्था ध्यान हो, जहाँ कुनै विचार हुदैन, कुनै बिषय हुदैन रहदैन | साधारणतया हाम्रो चेतना विचार, बिषय, कामनाहरुले भरिएका हुन्छन | ऐनालाइ धुलो ले छोपे झैँ | हाम्रो मन एउटा सतत प्रबाह हो - विचार चलिरहेका छन् | कामनाहरु चलिरहेका छन् पुराना स्मृतिहरू हट्दै छन् | रात दिन अनबरत यहि सिलसिला छ | यो अ-ध्यान को अवस्था हो |

जस्तो ध्यान को अवस्था हुन्छ, त्यसको ठिक उल्टो | जब कुनै विचार चल्दैन भने र कुनै कामनाले टाउको उठाउदैन भने , सम्पूर्ण समस्याहरु शान्त हुन्छन र हामी परिपूर्ण मौन मा हुनेछौ | हो त्यहि परिपूर्ण मौन ध्यान हो | र त्यहि परिपूर्ण मौनमा सत्यको साक्षात्कार लुकेको हुनेछ | जब मन नै छैन भने, जे त्यहाँ हुन्छ त्यो ध्यान हो |
त्यसैले मनको माध्यमबाट कहिल्यै पनि ध्यान सम्म पुग्न सकिदैन | म मन होइन, ध्यान यसैको बोध हो | जति जति हाम्रो बोध गहिरो गहिरो हुदै जान्छ केहि झलकहरु पाउन सुरु हुन्छ - मौनको शान्तिको - जब सबै रोकिन्छन र मनमा केहि पनि रहदैन | त्यो मौन, शान्त क्षण नै हामीले स्वयम् सत्ताको अनुभूति गर्छौ र यो अस्तित्वको रहस्यको स्पर्श गर्छौ |

बिस्तारै -बिस्तारै त्यो दिन आउछ, एउटा सौभाग्यको दिन आउछ, अनि ध्यान हाम्रो सहज हुन थाल्दछ |

मन असहज अवस्था हो | यो मन हाम्रो सहज -स्वाभाविक अवस्था कहिल्यै पनि बन्न सक्तैन | ध्यान हाम्रो सहज अवस्था हो तर हामीले त्यो गुमाएका छौ | हामी त्यो स्वर्गबता बाहिरिएका छौं | त्यो स्वर्ग फेरी पाउन सकिन्छ | कुनै बच्चा को आखाँमा हेर्नु - त्यहाँ तपाइले अद्भुत मौन देख्नु हुनेछ , अद्भुत निर्दोषता देखा पर्छ | प्रत्यक बच्चा ध्यानका लागि नै जन्मेको हो |

तर उअसले समाजको रंग ढंग पनि सिक्नु पर्छ  | विचार गर्ने, तर्क गर्ने, हिसाब किताब, सबै कुरा सिक्नु पर्दछ | शब्द, भाषा, र ब्याकरण सिक्नु पर्दछ | र उ बिस्तारै आफ्नो निर्दोषता सरलता बाट टाढा टाढा हुदै जान्छ | उसको कोरा रित्तो स्लेट समाजको लिखतले फोहोर भएको छ | उ समाजको ढांचामा एउटा कुशल यन्त्र बन्छ - एउटा जीवन्त, सहज मनुस्य होइन |

त्यो निर्दोष सहजतालाई फेरी प्राप्त गर्नु अनिवार्य छ | त्यसलाई हामीले चिन्यौ | त्यसैले ध्यानको पहिलो झलक पाउदा हामी आश्चर्यमा पर्छौ र भन्छौ मलाई त यो पहिला नै थाहा रहेछ | तर हामीले बिर्सेका रहेछौं | हीरा फोहोर मैलामा पुरिएर बसेको रहेछ | हामीले अलिकति मात्र फोहोर पन्छायौं भने हिरा हाम्री हातमा पर्छा - त्यो हाम्रो स्वभाब हो | त्यसलाई हामी गुमाउन सक्दैनौ तर बिर्सन्छौ |

हामि ध्यानमा नै उत्पन्न हुन्छु | फेरी हामि मनको रंग ढंग सिक्छौं | तर हाम्रो वास्तविक स्वभाब अंतर्धारा जस्तै भित्र गहिरो गहिरो बनिरहेको छ | कुनै पनि दिन अलिकति खनेर हेर्ने हो भने , हामीले आफुमा त्यो धारा अहिले पनि बगिरहेको पाउनेछौ, जीबन -श्रोतको झरनाले अहिले पनि ताजा जल ल्याइरहेको छ | त्यो पाउनु जिबनको सब भन्दा ठुलो आनन्द हो |

ओशोको एक पुस्तक बाट

0 comments:

Post a Comment

 
Top