Menu


.

अनुहारमा कालो पोतो आएर रुप बिग्रेको छ, के गर्ने होला ?  

सुन्दर छालाको रहर कसलाई पो नहोला ? अझ महिलालाई त आफ्नो अनुहार र शरीरलाई आकर्षक र सुन्दर राख्न बजारमा अनेकथरीका सौन्दर्य प्रसाधन त्यही रहर पूर्तिको उत्तम विकल्प हुँदै आएको देखिन्छ । तर रहर गर्दैमा र कृत्रिम उपायले मात्रै हुने भए सबैका अनुहारमा चमक हुने थियो । कतिपयलाई अनुहारमा कालो पोतो आएर ठूलो तनाव दिने गर्छ । विशेषगरी महिलालाई नै आउने कालो पोतोले उनीहरूकोआत्मविश्वासलाई समेत प्रभावित गरिरहेको हुन्छ । कालो पोतोका कारण अनुहारमा खैरो वा कालो दाग बस्ने गर्छ । कालोपोतो दुवै गालाबाट सुरु भएर बटरफ्लाईको आकारमा वृद्घ िहुँदै जान्छ । कहिलेकाहीं यो नाक र आँखाको माथिल्लो भागमा समेत हुन्छ । आँखा वरिपरि वा अनुहारमा कालो पोतो आउँदा सौन्दर्यलाई प्रत्यक्ष प्रभाव पार्छ ।

कालो पोतोः
'अनुहारको कालो पोतोका कारण पेटको गडबडी, हर्मोनको असन्तुलन, औलो, कलेजो वा अन्य कुनै शारीरिक रोगव्याधी समेत हुन सक्छ,' वरिष्ठ आयुर्वेदिक चिकित्सक डा.कृष्णराज पराजुली भन्छन्, 'यदि सामान्य रूपले कालो पोतोको समस्या देखिएको हो भने यसलाई आफंैले घरेलु उपचारको माध्यमले समेत निको पार्न सकिन्छ ।' पाखाबारीमै पाइने वा रोपिएका घ्यूकुमारीको पातभित्र हुने गुदीलाई कालो पोतो, चाया देखिएको भागमा लगाउँदा लाभदायक हुने डा.पराजुली बताउँछन् । घ्यूकुमारीको उपयोग छाला रोगका लागि अत्यन्त प्रभावकारी मानिन्छ । यति मात्र नभएर शंखभष्मलाई दूधको तरमा मिसाएर अनुहारमा लेप लगाउनाले समेत फाइदा पुग्ने उल्लेख गर्दै पराजुली भन्छन्, 'बेसार, चुत्रोको बोक्रा घोटेर लगाउनाले समेत सामान्य कालो पोतो हटाउन मद्दत गर्छ ।'



कसै कसैलाई भने डन्डिफोरसँगै कालो पोतो देखिने समस्या समेत रहने गरेको छ । यस्तो स्थितिमा भने मुलाको बीउ घोटेर लगाउनु राम्रो हुन्छ भने सिमलको काँडा घोटेर लगाउँदा पनि डन्डिफोरसँगै कालो पोतोको समस्याबाट मुक्ति पाइने डा. पराजुली बताउँछन् । रक्तअल्पता, हर्मोनको असन्तुलन, गालाबाट बढी पसिना आउनु, गर्भावस्था, अन्य औषधिको साइड इफेक्ट, प्रदूषण आदिका कारणले पनि हुन सक्ने कालो पोतोका बारेमा आयुर्वेद क्याम्पसका डा. रामआधार यादव भन्छन्, 'महिलालाई इन्ड्रोक्राइनल डिजअर्डर, हाइपोथाइराइडिज्म आदिले समेत कालो पोतोको समस्या देखिन सक्छ । यसमा हामी बिरामीको रोगसँगै कालो पोतोको स्थानीय उपचार पनि गछौर्ं ।' कुनै खास कारण नभएर देखिने कालो पोतोमा भने घरेलु उपचार पर्याप्त हुने जनाउँदै डा. रामआधार भन्छन्, 'घरमै मुसुरो दालको पिठो एक चम्चा, काँक्रो -खिरा) को लेदो, घ्यूकुमारी -एलोबेरा) को रसमा बेसार, रक्तचन्दन, श्वेतचन्दनको धुलो हालेपछि बन्ने सम्मिश्रणमा जायफलको धुलो, केही मात्रामा कपुर, कुंमकुंम समेत मिलाएर बनाइएको पेस्टबाट उपचार गर्न सकिन्छ ।' 'यो पेस्ट दिनहँु बनाएर अनुहारमा लगाउनुपर्छ । एक पटक पेस्ट लगाएपछि एक/दुई घन्टापछि मात्रै मन तातो पानीले मुख धुनोस्,' डा. रामआधार भन्छन्, 'आयुर्वेदमा यसलाई लेप भनिन्छ, लेप सुख्खा नभएसम्म धुनु हुँदैन ।' यसपछि भने अनुहारमा कुमकुमादि तेल लगाउनुपर्ने उनी बताउँछन् । उनका अनुसार यो उपचार न्यूनतम एकदेखि डेढ महिना गरेपछि निको हुन्छ ।

कालो पोतो उपचारका लागि आयुर्वेद विज्ञानमा विभिन्न उपायको वर्णन गरिएको छ । बेसार, मन्जिष्ठा, सेतो चन्दन, खदिर, देवदारु, दारु हरिद्रा सबैलाई बराबर मात्रामा लिई चूर्ण बनाएर कागतीको रस, दही वा गुलाबजलसँग मिसाएर पेस्ट बनाएपछि अनुहारमा लगाउनाले समेत फाइदा पुग्ने डा.रामदेव यादव बताउँछन् । यो पेस्ट अनुहारमा लगाएको एक घन्टापछि धुनुपर्छ भने यो उपचार प्रक्रिया एक/डेढ महिनासम्म नियमित जारी राख्नुपर्ने उनी बताउँछन् । उपचार प्रक्रिया गरिरहेका बेला अनुहारमा चिल्लो पदार्थको कम उपयोग गर्नुपर्छ । कालो पोतो आएको अनुहारको भागमा लेप लगाउनुबाहेक कुटकी, मन्जिष्ठा, गुरुजो, चिराइतो, खदिर, दारु हरिद्रालाई बराबर मात्रामा मिलाएर चूर्ण बनाई एक/एक चम्चा बिहान-बेलुका खानाअघि मन तातो पानीसँग खाँदा समेत रगत शुद्घ भएर कालो पोतो निको हुने डा.रामदेव बताउँछन् । उनी बढी सामान नपाइए चन्दन, बेसार, मन्जिष्ठा र खदिरको धुलो बनाएर यसलाई गुलाब जलसँग मिसाएर कालो पोतो भएको ठाउँमा उपयोग गर्दा समेत निको हुने बताउँछन् ।

भित्रबाट स्वस्थ मान्छे जसको पेट सफा छ, पाचनप्रणाली ठीक छ भने उसको अनुहारमा सामान्य र प्राकृतिक रूपले चमक देखिन्छ । यसले अनुहारको कालो पोतो, डन्डिफोर, एक्ने जस्ता समस्या पनि निर्मूल हुन्छ । पेटको व्यायाम, प्राणयाम, कपालभाती, अनुलोमविलोम गर्नाले सन्चो हुनुको साथै यसबाट अनुहारको चमक समेत बढ्छ ।

0 comments:

Post a Comment

 
Top