Menu


.

गुह्येश्वरी

गुहृयश्वरी काठमाडौं उपत्यका मा बागमती नदीको दक्षिणी किनारामा यो मन्दिर अवस्थित छ । यो स्थानमा सतीदेवीको गुहृय पतन भएको विश्वास गरिन्छ । यो स्थानमा सर्वप्रथम तेत्तीसकोटी देवताहरू पूजा-आराधना गरेको विश्वास पनि छ घटस्थापनादेखि नै गुहृयश्वरीमा विशेष पूजा आराधना गरिन्छ । यहाँ देवीहरूको कुनै मूर्ति छैन । सतीदेवीको गुहृय पतन भएको स्थानमा मन्दिरको गर्भगृह छ । त्यहाँ एउटा सानो दुलो मात्र छ जहा चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्दछन् । गुहृयेश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथा आदिमा बताइएको छ ।

यो शक्तिपीठ पु‍राण मा वर्णित ५१ शक्तिपीठ हरु मध्य एक भएको ले सारा संसार का धर्मालम्बी हरु को लागि विशेष पुजनीय रहेको छ|पुराण का अनुसार यहा सतीदेवी को दुई घुडा पतन भएको वर्णन गरिएको छ भने स्थानीय लोक विश्वास अनुसार सतीदेवी को योनी पतन भएको किम्बदन्ति रहेको छ|

तन्त्रविद्यमा शिवशक्ति वा भैरव भैरवीको क्रीडास्थलका रूपमा नेपालमा ५१ भैरव र भैरवीको बास रहेको विश्वास गरिन्छ । डी.सी. सरकारले कुब्जिका तन्त्र, तन्त्र चूडामणि, वृहन्नीलतन्त्र, पीठ निर्णय (महापीठ निरुपण) आदि प्राचीन तन्त्रशास्त्रका आधारमा नेपाललाई शाक्त-उपासनाका केन्द्र मानेको छ । त्यस्तै, देवी भागवतले नेपाललाई 'गुहृयकाल्या महास्थानं नेपाले यत प्रतिष्ठितम्' भनेर 'शक्तितीर्थ' का महान् स्थल मानेको छ । माथि उल्लेख भएअनुसार हरेक शक्तिको सगुण र निर्गुण उपासना हुन्छ । गुहृयकाली यसको अपवाद होइन । पाशुपत क्षेत्रमा अवस्थित यसपीठलाई 'उत्तराम्नाय' की नायिका मानिन्छ । अथर्ववेदका छ शाखाहरू यथाः तारतन्तवी, मौज्जायनी, तार्णवैन्दवी शौनकी, पैपालादिका, सौमन्तकको उल्लेख गुहृयोपनिषद्ले गर्दै गृहृयेश्वरीको वासस्थललाई 'शाक्ततीर्थ' मानेको छ । महांकालसंहिताको कालीखण्डमा गुहृयकालीको १८ मन्त्र र १८ विग्रहको उल्लेख पाइन्छ । यसको विभेद मूर्ति तथा चित्रकलामा एघार प्रकारबाट क्रमशः एक, दुई, तीन, पाँच, दस, बीस, एक्काइस, छत्तीस, साठी, अस्सी र सय टाउका भएको गुहृयकालीको चित्रमा महांकाल संहितामा छ ।

तन्त्र र पुराणमा गुहृयश्वरी पीठको निर्वचन बौद्ध एवं हिन्दू परम्पराअनुसार वर्णन गरिएको पाइन्छ । दुवै मत भगवती गुहृयश्वरीलाई नीलवर्णमा, नीलाम्बर स्वरूपमा तथा कलशको प्रतीकात्मक प्रतिबिम्बमा आस्था पोखेको पाइन्छ । बौद्ध तन्त्रको स्वरूपविहीन स्वरूप वा स्कन्दपुराणको हिमवत्खण्ड -नेपाल महात्म्यमा) मा तथा भाषा वंशावलीमा, सतीदेवीको गुहृयपतन भएको श्लेष्मान्तक वनमा भगवती गुहृयश्वरीको उत्पत्ति भएको वर्णन पाइन्छ । परम्पराअनुसार पुराणमा उल्लेखित यस पीठको स्वरूप पहिले जलमग्न रूपमा गुप्त नै थियो पछि प्रताप मल्ल -ने.सं. ७६२-७९४) का समकालीन तान्त्रिक नरसिंह ठाकुरले गुहृयदेवीको यस स्थानमा दर्शन पाएर पूजा-उपासना गरेको वर्णन पाइन्छ भने विश्वनाथ उपाध्याय भट्टले गुहृयश्वरीको स्वरूपलाई कुण्डमय एवं सत्तलयुक्त बनाउने अभिभारा लम्वकर्ण भट्ट -लक्ष्मीनारायण भट्ट) लाई दिएको छ । भाषा वंशावलीले भने यसको प्रादुर्भाव कुनै बोडेका (खोकना) तेली -(साल्मी) ले यस स्थानमा दर्शन पाएको कुरा उल्लिखित छ । प्रायः सबै जसो कथन श्रवणले पाशुपत क्षेत्रको एक गुहृयश्वरी तथा स्वयम्भू क्षेत्रको समेत गरी प्राचीन दुई गुहृयश्वरी पीठ नेपाल मण्डलमा रहेको पुष्टि गर्छ । स्वयम्भू पुराणले पुरानो गुहृयश्वरी (हाल बालाजु, फूलबारीमा अवस्थित) लाई प्राचीनतम् मानेर स्वयम्भू उत्पत्तिको पुष्पकमलको नाल नै यिनै कुण्डबाट प्रादुर्भाव भएको मान्दछ । नागार्जुनको पर्वत फेदीमा अवस्थित यस कुण्डको महिमा पीठका रूपमा कालान्तरमा महायान बज्रयानी-कर्मकाण्डले महिमा बढाए पनि वास्तविक मूलस्वरूप भू-गर्भमुनिको पानी वा सृष्टिदेखि कै पानी आद्यजलको तर्पण नै विशेष देखिन्छ । वर्तमानमा यस स्थलमा पित्तलको अष्टकमलदलको पुष्पकेशरमाथि कलश आकार स्वरूपले छोपिएको कुण्डलाई नै गुहृयश्वरीका प्रतीक मानेर पुज्ने परम्परा छ ।
नेपालमा शिवशक्तिका एकात्म्यलाई तन्त्र तथा पुराणहरूमा प्रतीक तथा मूर्त स्वरूपले विवेचना गरेको पाइन्छ । यसअनुसार गुहृयश्वरी मध्यकालदेखि दिव्यश्वरीका रूपमा भक्तपुर लोकन्थली, काठमाडौँ विशालबजारको (महालक्ष्मी मन्दिर परिसरको उत्तरपश्चिम कुनामा) न्युरोडमा पनि स्थापना गरिएको छ । गुहृयश्वरी स्कन्दपुराणको केदारखण्डमा वर्णन गरिएझै सतीदेवीको गुहृयस्थलको पतनबाट सिद्ध भएको पीठ मान्ने प्रथा रहे पनि तन्त्र परम्परामा आदिम 'गुहृयक' नामक जातिले पूजा गर्ने देवी हुनाले यिनीलाई 'गुहृयश्वरी' भन्ने गरेको अर्को मत पनि छ । त्यस्तै यो तन्त्रले मूलाधार चक्र संरक्षिका भैदिनाले यिनीलाई गुहृयश्वरी भनेको र 'गुहृया' शक्तिका नामले चिनिने स्त्री, पुरुष र नपुंसकसमेतबाट वन्दनीय 'काली' स्वरूपमा यिनलाई 'गुहृय काली' समेत भनिन्छ । तसर्थ, दसमहाविद्या परम्परामा यिनीको नाम सर्वप्रथम आउँछ, यथाः काली, तारा, षोडषी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बंगलामुखी, मातङ्गी र कमला ।

तलेजुभवानी
तुलजा(तलेजु]] भवानीलाई पुज्ने परम्परा काठमाडौँ उपत्यकालगायत अन्य ठाउँमा पनि पाइन्छ । चौधौँ शताब्दीमा सिम्रौनगढका राजा हरिहरसिंहदेवले मुसलमानको आक्रलमणबाट बचाएर ल्याई तुलजा भवानीलाई भक्तपुरमा स्थापना गरेको इतिहास पाइन्छ । भक्तपुरपछि क्रमशः कान्तिपुर र ललितपुरमा समेत स्थापना गरिएको थियो । नेपालमा राज्य गर्ने राजाहरूले तुलजा भवानीलाई इष्टदेवी मान्ने गरेका छन् ।

दक्षिणकाली भगवती
राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमि पर रहेको कालीदेवीको मन्दिर नै दक्षिणकाली मन्दिर हो । यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो । यो फर्पिङ को मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ । यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन् ।
यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन् । राजाहरू पनि यहाँ बर्सेनि वैशाखमा आफ्नो देवाली मनाउन आउँथे । यो शान्त वातावरणमा रमेको छ । त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ । यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन् । मूलत: दसैंको बेला यहाँ विशेष मेला लाग्छ । दसैंको नवरात्रीमा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन् । यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ ।
एक किंवदन्तीअनुसार नेपालका तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा देवीलाई भारतबाट ल्याई यहाँ मूर्तिका रूपमा स्थापना गरेको हुन् । पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ ।


बज्रयोगिनी
काठमाडौं जिल्लाको उत्तरी भेगमा पर्ने मणिचुड पर्वतको दुई पहराको विचमा देवी स्थापना गरी निर्माण गरिदिएको मन्दिर भगवान बुद्धको तपस्याबाट प्रसन्न भई प्रस्तरह रुपमा प्रकट भएकी पार्वती नै बज्रयोगिनी हुन भन्ने आख्यान पाइन्छ । यहाँ बौद्ध र हिन्दु परम्परानुसार देवीको पूजा गरिन्छ ।उपत्यका र वरिपरि जिल्ला का भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन् । मन्दिरमा बज्रयोगिनी, उग्रतारा, सिंहबाहिनीका मूर्तिहरू देख्न सकिन्छ ।

बगलामुखी
पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बगलामुखी कुम्भेश्वर मन्दिर परिसरमा छ । तन्त्रशास्त्रअनुसारका दस महाविद्यामध्ये बगलामुखी पनि एक हुन् । बिहीबार विशेष भीड हुने बगलामुखीको दर्शनबाट मनोकाङ्क्षा सिद्धि हुने विश्वास गरिन्छ ।



शोभा भगवती

1. परिचय
"ऊँ ह्रीं स्वाहा भगवत्यैय नमः" भन्ने स्तोत्रले सबै भक्तजनलाई स्वागत गर्ने प्यागोडा शैलीमा रहेको यो मन्दिरमा श्रद्धालु भक्तजनहरूको प्रशस्त घुइँचो लाग्ने गर्दछ । एतिहासिक महत्व राख्ने भगवतीको मूर्ति साढे दुई फिट उचाइको प्रस्तर मूर्ति हो । मूर्तिमा भगवतीको बयान गर्दा विविध आयुधहरू समातेको, महिषासुरको दमनको रूपमा छ । यो शोभाभगवतीको मूर्ति तान्त्रिक आधारमा बनाएको छ । तन्त्रशास्त्रमा यिनीलाई 'वगला' पनि भन्ने गर्दछन् । नेपालीहरूको जनजीवनमा अत्यन्त शुभकारिणी भगवती भनेर मान्ने यी भगवतीलाई शुभाभगवती पनि भन्ने गरेको छ । नवौँ शताब्दीतिर मातृका देवीको अनेकौँ मूर्तिहरू बनाउने सिलसिलामा शोभाभगवतीको पनि स्थापना गरेको अनुमान छ । नेपालमा शक्तिपूजाको परम्परा निकै पुरानो छ । उसबेला भक्तजनहरू गाउँगाउँ, टोलटोल, पीठपीठमा, मूलबाटो, देवालय, मन्दिरमा शक्तिपूजाका लागि देवदेवीहरूको मूर्ति स्थापना गरेको हुन्छ । नेपालमा पनि शक्तिपूजाको सुरुवात निकै पुरानो भएकोले विभिन्न भगवतीहरूको स्थापनाको सिलसिलामा शोभाभगवतीको पनि स्थापना भएको हुनुपर्छ ।

2. प्रतिमा स्वरुप
पलांञ्चोक भगवती, नक्शाल भगवती र शोभा भगवती को प्रतिमा एकै शिल्पकार ले बनाएको किम्बदन्ति रहेको छ |मूर्तिकारहरूले यसमा आफ्नो कुशल कलाकारिता देखाएकोले पनि भगवतीको मूर्ति निकै प्रभावशाली भएको छ । नेपालमा प्राचीनकालदेखि नै प्रसिद्धि पाएका चार भगवतीहरूमा गुहृयकाली, दक्षिणकाली, बज्रयोगिनी र शोभागवती उल्लेख्य छन् ।
तन्त्रशास्त्रमा शोभाभगवतीलाई बगला मानेकोले यसका प्रमुख तीन लक्षणहरू शास्त्रमा उल्लेख गरिएको ः
तातो सुनको जस्तो वर्णकी, चतुर्वाहु, त्रिनेत्र, कमलमाथि बसेकी, दायाँ बाहुमा मुद्गर र पास, बायाँ बाहुमा जिभ्रो र बज्र लिएकी पीताम्बरा हेमकुण्डला अर्धचन्द्र शेखरा पीतभूषणा स्वर्णसिंहासनस्थित वृत्त पीनधनस्तनी बगलाको ध्यान गर्नुभएको ।

दुई बाहुकी, बायाँ हातमा शत्रुको जिभ्रो र दायाँ बाहुमा मुद्गर लिएकी, पीताम्बरा, क्षीरसमुद्रको माझको मणिमण्डपको रत्न सिंहासनमा विराजमान बगलाको दोस्रो रूप हो ।
सुवणर्ासना त्रिनेत्रा पीताम्बरा, सुरर्णवणर्ा चन्द्रार्धमुकुटा चाँपको फूलको माला लाएकी, चतुर्बाहुमा मुद्गर, पाश, वन्धन र रशना धारण गरेकी बगला अर्को रूप हो ।

परापूर्वकालदेखि नै दुःख, दरिद्र, युद्धमा विजय, शत्रुको संहार, कामकाजमा सफलता, पदोन्नति, साहसिक कार्यका लागि भगवतीको आराधना गर्ने नेपालीको धार्मिक आस्था हो । समय-समयमा पौराणिक देवदेवीहरूले विभिन्न रूप धारण गरेका हुन्छन् । धार्मिक क्षेत्रमा स्त्रीशक्तिको निकै महत्वपूर्ण स्थान छ। सर्वोत्तम शक्तिको उपासना स्त्रीको रूपमा हुन्छ । यसैले हरेक भगवती मन्दिरमा हिन्दू र बौद्ध धर्मावलम्बीहरूको घुइँचो लाग्ने गर्दछ । यो नेपाली समाजको धार्मिक समन्वय, सहिष्णुता र सहअस्तित्वको पहिचान हो ।

3. किम्बदन्ती
शोभाभगवती मन्दिरको एउटा विशेषता के छ भने यस मन्दिरभित्र भगवतीको मूर्तिका पछाडि सँगै जोडिएको एउटा बौद्ध चैत्य छ । यो बौद्ध चैत्य रहनुमा किंवदन्ती नै छ । कुनै समयमा गर्जु बज्रबाद आˆना शिष्यहरूले हैरान गरिरहँदा दिक्क भएर भचाखुसी (निर्मल तीर्थ) नजिकैको कर्णदीपमा ध्यान बस्दाबस्दै त्यहाँ बालुवाको विशाल चैत्य निर्माण गरियो तर त्यस चैत्यलाई कोही विध्वंसकारीहरूले भत्काइदिँदा सोही चैत्यबाट शोभाभगवती प्रकट भई यस्तो चैत्य भत्काइनुहुन्न भन्ने आज्ञा दिइयो । सो चैत्य यथास्थितिमा राखियो । आजसम्म पनि सो चैत्य शोभाभगवती मन्दिरसँगै जोडिएर रहेको देख्न सकिन्छ । यस्तै यस शोभाभगवती मन्दिरको दक्षिण भागको माथिल्लो स्थानमा प्रसिद्ध विजयश्वरी देवीको मन्दिर छ । यो शोभाभगवतीस्थित चैत्य र यहाँ रहेको विजयश्वरी देवी -विद्याधारी) सँग पनि प्रगाढ सम्बन्ध रहेको छ । बाला चतुर्दशीका दिन विजयश्वरी देवीको गरगहना मात्र बाहिर ल्याई जात्रा गर्ने चलन छ । यस्तै, बाह्र वर्षे मेलाको अवसरमा भित्र आगम् (बही) बाट मूर्ति नै बाहिर ल्याई निर्मल तीर्थ -भचाखुसी) मा ल्याई महास्नान गराई शोभाभगवतीसँगै भित्र रहेको बौद्ध चैत्यमा पूजाआजा गरी जागा गर्ने चलन यद्यपि छँदैछ ।

4. पूजाआजा
निक्कै प्रसिद्धी पाएको शोभाभगवती मन्दिर भित्र श्रीदुर्गा सप्तशती, श्रीअर्गलस्त्रोत्र प्रथम श्लोक "मार्कण्डेय उवाच : जयन्ती महाकाली, भद्रकाली कपालिनी दुर्गाक्षमा शिवाधात्रि स्वाहा स्वधानमोस्तुते" जस्ता मन्त्रोचारण भित्तामा कोरिएको छ । मन्दिर वरिपरि अष्टमातृका-ब्राम्ही, वैष्णवी, माहेश्वरी, बाराही, इन्द्राणी, कौमारी, चामुण्डा र महालक्ष्मीका मूर्तिहरू कुँदिएका छन् । यस्तै, नवदुर्गा ब्रम्हचारिणी, एक स्कन्ध माता, कृष्माण्डा, चन्द्रघण्टा, कात्यायिनी, कालरात्रि, महागौरी, सिद्धिदात्री र अन्य मूर्तिहरू ठाउँठाउँको भित्तामा कुँदिएका छन् । कलाकारिता पूर्णरूपमा सजिएको तोरण र अन्य महाकाल मूर्तिले शोभा दिएको छ । जसरी नेपालका बौद्ध बज्राचार्यहरू, काल भैरव, स्वेत भैरव, महाकाल भैरव, सङ्कटा, पलाञ्चोक भगवती, नुवाकोट भगवती, मनकामना भगवतीको पुजारी भएझैँ यहाँ शोभाभगवतीको नित्य पूजा गर्ने पुजारीमा मखनबहालका एक बज्राचार्य परिवारले गर्दै आएका छन् । बौद्ध भइकन पनि हिन्दू देवदेवीहरूको पुजारी हुनु यहाँको आफ्नै विशेषता छ ।

बर्सेनि विजयादशमी, नवरात्रिको अवसरमा द्वितीयापूर्वका दिन निर्मल तीर्थ भचाखुसीमा नवरात्रि मेला लाग्दछ । दसैँको अवसरमा सबै दिन भक्तजनहरू पूजापाठका लागि शोभाभगवती दर्शन गर्न आउँछन् । बर्सेनि मङ्सिर कृष्णपक्षको चतुर्दशी 'बालाचतुर्दशी'को दिन छवटा देवदेवीका जात्रामा शोभाभगवतीको मूर्ति पनि रथमा राखी विधिपूर्वक जागा गरी नगर परिक्रमा गराइन्छ ।

शोभाभगवती वरिपरि विभिन्न मसानघाटहरूमा नजिकै कर्णदीप छ भने पूर्वतिर खोलापारि इन्द्रायणीघाट छ । साथै यहाँ विशाल इन्द्रायणी मन्दिर छ, जसलाई लुती अजिमा भन्ने गर्दछन् । यसैले यो ठाउँको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व रहेको छ । यस शोभाभगवतीको संरक्षणार्थ धेरै वर्ष अघिदेखि नै प्रयास हुँदै आएको छ । सबैको कल्याण भई शुभकार्य गरिदिने, शोभाभगवती मन्दिरको जीर्णोद्धार पहिलेदेखि नै हुँदै आएको छ । हाल शोभाभगवतीको संरक्षणको लागि व्यवस्था गर्न विभिन्न समितिमा 'शोभाभगवती देवस्थल संरक्षण समिति २०३८' शोभाभगवती विजेश्वरी तथा इन्द्रायणी विकास समिति गठन गरिएको पाइन्छ । यहाँ धेरै अघिदखि दैनिकरूपमा विभिन्न देवदेवीहरूको स्त्रोत्रको भजन गर्दै आएका छन् । निकै प्रसिद्धि पाएको शोभाभगवती मन्दिरमा आ-आˆनो मनोकामना पूरा गर्न विभिन्न पूजा र बलि चढाउन आउनेहरूको घुइँचो हुने गर्छ । अझ विशेष गरेर कर्मचारी वर्ग पदोन्नतिका लागि श्रद्धापूर्वक भगवतीको दर्शन गर्न आउँछन् । धार्मिक विश्वासका कारण धर्मप्रति आस्था राख्ने नेपालीहरूको शुभकार्य गरिदिने शोभाभगवती देवीले सबैको कल्याण गरेकीले दर्शनार्थीहरू झन्झन् बढ्दै गएका छन् । कोही शुभविवाह गर्न, कुनै पूजा गरी भोजभतेर गर्न पनि अचेल यहाँ आउने गर्छन् ।


विजेश्वरी

इन्द्रायणी
विष्णुमती नदी को पुर्व किनार मा रहेको भगवती र मन्दिर|यसलाई स्थानीय भाषामा लुती अजिमा पनि भन्ने गर्दछन| वंशावली का अनुसार कलिगत संवत् ३८२५ मा काठमाडौं नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएका हुन्।

भक्तपुरको इन्द्रायणी देवी
इन्द्रजात्राको दिन भक्तपुरको इन्द्रायणी देबीको खट यात्रा अवेर राति हुने गर्दछ । त्यसको भोलिपल्ट भने खटलाई सिद्धपोखरीमा राखिन्छ । यसै दिन यहाँ मेला लाग्ने गरेको हो ।मेलाका दिन बिहान पख भक्तजनहरुको सिद्धपोखरीमा स्नान गर्नको लागि जाने गरेका छन् । दिउसोतिर बाजागाजा सहित इन्द्रयाणीको खट ल्याइए पछि भने पुजा अर्चना हुने गर्दछ । इन्द्रायणीको जात्रा हुने भएकोले यस पोखरीलाई इन्द्रसरोबर पनि भन्ने गरिएको छ । एक दशक अघि पोखरी पुरिन लागेको बेलामा लोप हुने देखिएको सिद्धपोखरी मेला केही बर्ष यता फेरी भब्यताका साथ मनाउन थालिएको हो । चारैतिर पर्खालले घेरिएको पोखरी परिसरमा साँझ सात बजे पछि प्रबेश निषेध गरिएको छ । दिपावलीको गरिने भएकोले बर्षको एक चोटी यसै दिन मात्र सिद्धपोखरी राति अवेर सम्म खुल्ला रहन्छ । भक्तपुर कै सबैभन्दा ठुलो पोखरीको रुपमा रहेका यस पोखरीलाई स्थानीय भाषामा तःपुखु पनि भन्ने गरिएको छ । पोखरीको करीब ९ मिटरको परिधि परिक्रमा गर्न सरदर १० मिनेट समय लाग्ने गर्दछ । मेलाका दिनमा पोखरीका चार वटा ढोका मध्ये पुर्बको एउटै ढोका मात्र खुल्ला राखिन्छ ।

उत्तरी मकवानपुरको पालुङ खेल्पु डाँडाको इन्द्रायणी चौरमा रहेको भगवती र मन्दिर |यहा को तीनवर्षे मेला र रथ यात्रा त्यस भेक मा प्रसिद्द रहेको छ। बिहानै पालुङ-६, पालुङ बजारबाट पकाएको चामलको गोजा इन्द्रायणी मन्दिरमा पुर्‍याएपछि रथलाई खेल्पु डाँडामा रहेको इन्द्रायणी मन्दिरमा लैजाने चलन रहेको छ ।धार्मिक किम्बदन्तीअनुसार इन्द्र र रावणबीच लर्डाईँ हुँदा हारेका इन्द्रले स्वर्ग छाडेपछि इन्द्रपत्नी इन्द्रायणीले श्रीमान युद्धमा मरेको आशंकामा इन्द्रायणी मन्दिरनजिकै रहेको सतीघाटमा सती जान लाग्दा आकासवाणीमा इन्द्रले आफू नमरेको जानकारी दिएपछि खुशियालीमा जात्रा मनाउन थालिएको हो ।

मेलामा पालुङ-३ र ६ का बासिन्दाले ठगु जुजु(ठकुरी राजा) को पूजा गर्ने गरेका छन् । स्थानीय भक्तजनहरुले भाकलका बोका, कुखुरा, हाँसको बलि दिएपछि मात्र अन्यत्रबाट आएका भक्तजनका भाकलको पूजाआजा गर्ने चलन रहेको छ ।उत्तरी मकवानपुरको सबैभन्दा बढी बलि दिने मेलाको रुपमा लिइने इन्द्रायणी मेला इन्द्रायणी चौरमा ल्याएको रथ फिर्ता गरेपछि नाचगान भजनका साथ रमाइलो गर्दै समापन गरिन्छ । मेला भर्न मकवानपुर, चितवन, वीरगञ्जदेखिका भक्तजनहरु पालुङ आउने गरेका छन|


नरदेवी
काठमाडौंको मध्य भाग मा अवस्थिन स्वेतकाली भगवति लाई नरदेवी भनिन्छ| स्वेतकालीलाई शक्तिस्वरुपिणी कालीहरु मध्ये सबैभन्दा शान्त स्वभावकी मानिन्छ । स्वेतकालीको आराधना गर्नाले सुख, समृद्धि र मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
प्रत्येक बर्षचैत्र कृष्णपक्ष औंशीका दिन स्वेतकालीको तान्त्रिक नृत्य प्रस्तुत गर्ने गरिन्छ । तर, प्रत्येक १२ बर्षा स्वेतकालीका देवीगणलाई ५ दिन अगाडि नै रातभर नगर परिक्रमा गराइन्छ । त्यसै अनुरुप गत बिहीबारदेखि जात्रा शुरु भएको थियो । स्वेतकालीको तान्त्रिक नृत्यमा अष्टमात्रृका गण लगायत १२ देवीको सहभागिता रहने गर्दछ । जात्रामा पञ्चवली पनि दिने गरिन्छ ।


नक्शाल भगवती
काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठमध्ये नक्साल भगवती पनि एक हो । यो मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ । भगवती दुर्गाकै रूपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनहरूको ठूलो आस्था रहेको पाइन्छ ।

कंकेश्वरी
मैतीदेवी
कालिकास्थान
सङ्कटा

भद्रकाली
भद्रकाली- जो आफ्नो भक्तलाई दिनका लागि भद्र, सुख वा मंगल स्वीकार गर्दछिन्, उनै 'भद्रकाली' हुन् ।
दुर्गासप्तशती(देवीमहात्म्य/चण्डी पाठ)मा दुर्गा लाई देहाय का ११ नाम ले बन्दना गरिएको छ |
जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः

सिंहदरबारदेखि केही मिनेट पश्चिममा रहेको भद्रकालीको मन्दिर सामान्य स्वरूपको छ । चामुण्डा देवीको रूपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त छ । तान्त्रिक पद्धतिअनुसार नवरात्रमा विशेष पूजा गरिने यहाँका पुजारी बताउँछन् । दुर्गाकवचमा उल्लेख भएअनुसार भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हो ।यसलाई कतै कतै लुमडी थान पनि भनिन्छ|


रक्तकाली

मनमानेश्वरी
हाडीगाँउ स्थित मनमानेश्वरी मन्दिर

बज्रबाराही
चापागाउँदेखि पूर्वी भागमा पर्ने बज्रवाराहीको मन्दिर पनि शक्तिपीठकै रूपमा प्रख्यात छ । तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्रवाराहीको शिलाको मूर्ति छ । दुर्गाकवचमा वाराही देवीको चर्चा विभिन्न ठाँउमा गरिएको हुनाले पनि बज्रवाराही उपासनाको ठूलो महìव रहेको यहाँका पुजारी बताउँछन् ।

दन्तकाली
दन्तकाली मन्दीर धरान नगरपालीका वडा नं. १४ विजयपूरमा अवस्थित छ। यो मन्दीर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिड्दा सतीदेवीको दन्तपतन भई शक्तिपीठको रुपमा स्थापित भएको मानिन्छ । यो मन्दिरमा बोकाराँगा आदि बली दिने चलन छ । यो मन्दीरको बारेमा ब्रतकथामा पनि उल्लेख भएको पाइन्छ । नेपाल एकिकरण पुर्व बिजयपुर राज्य का सेन वंशी राजा हरु को ईष्टदेवी को रुप मा पुजित यो शक्तिपीठ को महिमा सदा काल उस्तै रहेको छ|शक्तिपीठ


जालपादेवी
नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि आठ किलोमिटर दक्षिणमा त्रिशूली नदीको किनारामा रहेको देवीघाटमा यी देवीको मन्दिर रहेको छ । यस स्थानमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम कामधेनु गाईले पूजा-आराधना गरेको मानिन्छ । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिरको घाटमा गरिएकोले नेपालको इतिहासमा यसको विशेष महìव रहेको छ । यहाँ घटस्थापनादेखि नै भक्तजनहरूको घुइँचो लाग्छ ।

छत्रेश्वरी
सल्यान जिल्लाको छायाछत्रमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतीदेवीको शेष रहेको सबै अंग पतन भएको मानिन्छ । यहाँ सर्वप्रथम अष्टभैरवले पूजा-आराधना गरेकाले यहाँ कुनै अवसरमा पनि बली चढाइँदैन । यो नेपालका सबै शक्तिपीठहरूमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो ।


मनकामना
मनकामना/मनोकामना भगवति
गोरखाको मनोकामना पनि महत्वपूर्ण देवीस्थान मानिन्छ। दसैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ। मनोकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। केबुलकारबाट ११ मिनेटमै मनोकामना पुग्न सकिन्छ। पैदल यात्रा गर्न रुचाउनेहरू आबुखैरेनीबाट ४ घन्टाको उकालो हिँडेर मनोकामना पुग्छन्।


कमलाक्षी
काठमाडौ को मध्य भाग मा रानी पोखरी को पुर्व पट्टि को बस्ति लाई कमलाक्षी टोल भनिन्छ|


सल्यान जिल्लाकै लक्ष्मीपुरमा श्री कमलाक्षीको मन्दिर रहेको छ । यस स्थानमा सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम योगमार्गीहरूले पूजा-आराधना गरेको मानिन्छ । एउटा पहाडको रूपमा रहेको यो मन्दिरमा करङका आकृतिहरू देखिन्छ ।




गलेश्वरी
म्याग्दी जिल्लाको राहुघाटमा कालीगण्डकीको किनारमा रहेको यस स्थानमा सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजा-आराधना गरेको मानिन्छ ।


ज्वालापादेवी
यो मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकादेखि पाँच किलोमिटर पश्चिम र छामगाम खोलाको किनारमा अवस्थित छ । यस स्थानमा सतीदेवीको निधार पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम हनुमानले पूजा-आराधना गरेको मानिन्छ ।


बागेश्वरी
बागेश्वरी मन्दिर नेपालगञ्जमा रहेको एक प्रशिद्ध मन्दिर हो।बाँके जिल्लाको नेपालगञ्चमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा-आराधना गरेको मानिन्छ । एउटा ठूलो तलाउको किनारामा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो ।

देवलहाट मन्दिर
बैतडीको सदरमुकामबाट ५ सय मिटर दूरीमा रहेको देवलहाटको मन्दिर पाण्डवहरूले वनवासको अन्त्यतिर बनाउन लगाएको जनश्रुति छ । युद्धका बेला पाण्डवहरूले असत्यमाथि विजय गर्न पाऊँ भन्ने कामना गर्दै यो मन्दिर बनाएका थिए । विभिन्न समयमा चढाइएका तामाका भाँडा एवं पूराना मूर्ति यो मन्दिरका विशेषता हुन्|


गजरा

दसैंमा ठूलो भीड लाग्ने गजरा मन्दिर अछाम जिल्लाको गजरामा छ । जुम्लाका तत्कालीन राजाले अछाम जित्न यही मन्दिरमा पूजाआजा गरेको कुरा इतिहासमा उल्लेख छ । कुनै महत्वपूर्ण काम गर्नुपर्‍यो भने अछामवासीहरू यो मन्दिरमा पूजा गर्छन्|


मालिकादेवी
मालिकादेवीको मन्दिर बाजुरा जिल्लाको १४ हजार ४ सय फिट उचाइमा छ। यहाँनिकै पहिलेदेखि नै शक्तिकेन्द्रका रूपमा पूजा गरिँदै आएको छ |

कालिकादेवी
लमजुङ जिल्लाको बेसीसहरबाट २ घन्टा उकालो चढेपछि पुगिने कालिकोदेवीको मन्दिरमा महानवमीका दिन विशेष पूजाआजा हुन्छ। यसलाई "लमजुङ कालिका" पनि भनिन्छ|


सुर्मासरोवर
बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट तीन दिनको दूरीमा रहेको सुर्मा एउटा सानो ताल हो । यो तालमा स्नान गरे सबै पापबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ । बझाङवासीहरू साउनको एकादशीदेखि त्रयोदशीसम्म त्यही ओडारमा बसेर स्नान गर्छन् । त्यहाँ जलदेवीको वासस्थान छ भन्ने भनाइ छ|


बडी मालिकास्थान
कालिकोट जिल्लास्थित बडी मालिका मन्दिर मार्तडीबाट तीन दिनको पैदलयात्रापछि पुगिन्छ। १२ हजार २ सय १९ फिट उचाइमा अवस्थित यो मन्दिरमा दसंै र चैतेदसैंमा ठूलो मेला लाग्छ । यहाँ अष्टमीमा बलि दिएर टीका भेट्न घर पुग्ने चलन छ|


चन्दननाथ दत्रात्रय
जुम्लाको खलङ्गास्थित चन्दननाथको मन्दिर जुम्लाकै प्रसिद्ध मन्दिर हो। दत्तात्रय भनिने यो मन्दिरमा पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ। घटस्थापनाको दिन मन्दिरको लिङ्गो फेर्ने चलन छ। दसंैमा सामान्य घुइँचो लाग्ने यो मन्दिरमा तीज, शिवरात्रि तथा एकादशीमा मेला लाग्छ|


त्रिपुरा सुन्दरी
डोल्पा जिल्लाको जुफाल जुफाल बिमानस्थलबाट करिब दुई घन्टा पैदल हिँडेपछि भेरी नदी आउँछ । त्यही भेरी नदीको किनारमा प्रसिद्ध त्रिपुरासुन्दरीको मन्दिर छ। चैतेदसैं र बडादसैंमा ठूलो मेला लाग्ने यो मन्दिर डोल्पावासीको शक्तिकेन्द्र हो। यो मन्दिरमा पञ्चबलि दिने चलन छ|


शिरस्थानदेवी
दैलेख बजारदेखि ५ किलोमिटर पश्चिममा पर्ने नाभी र छामखोलाको दोभानमा ज्वालादेवीको मन्दिर छ। स्थानीय बासिन्दाहरूले यसलाई शिरस्थानदेवी भन्छन्। नाभी र छामखोलाको दोभानमा सतीदेवीको शिर पतन भएको विश्वास गरिन्छ। यो मन्दिर २ सय वर्षअघि निर्माण भएको विश्वास गरिन्छ। सतीदेवीको अंग पतन भएकाले यहाँ दसैंमा मेला लाग्छ|


खैरावाङदेवी
सल्यान जिल्लाको सदरमुकामबाट २० किलोमिटर टाढा रहेको खैरावाङ मन्दिर त्यस क्षेत्रको ठूलो शक्तिपीठ हो। ३ घन्टाको ठाडो उकालो हिँडेर पुगिने यो मन्दिरमा भुवनेश्वरी देवीको मूर्ति छ। त्यहाँ घटस्थापनादेखि पूणिर्मासम्म ठूलो मेला लाग्छ |


देवीस्थान भगवति
बाग्लुङ बजारबाट २ किलोमिटर दक्षिणस्थित देवीस्थान मन्दिर राजा प्रतापनारायण मल्लकी रानीले पाल्पाबाट मूर्ति ल्याएर स्थापना गरेकी हुन्। यो मन्दिर मा दसैं भन्दा चैते अष्टमीका दिन यहाँ बढी भक्तजन आउँछन |


माईपोखरी
माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा छ । यसको नवरात्रसँग नजिकको सम्बन्ध छ। नवरात्रमा नौकुने पोखरीका नौवटै कुनामा दुर्गाको नौस्वरूपका रूपमा पूजा गरिन्छ। जसअन्तर्गत यहाँ दुर्गा भवानीको पूजा गरिन्छ। हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म माईपोखरीका नौवटै कुनामा मण्डप बनाई ब्राह्मणहरूद्वारा सप्तशती पाठ गरिन्छ|


अर्घाकोट भगवती
अर्घाखाँची जिल्लाको नरपानीबाट १६ किलोमिटर उत्तरमा भगवतीको एउटा मन्दिर छ। यो मन्दिर त्यस क्षेत्रको प्रसिद्ध मन्दिर हो। यो मन्दिरमा रामनवमी, कृष्णाष्टमी, तिहार, भाद्रकृष्णाष्टमी तथा शिवरात्रिमा मेला लाग्छ। दसंैमा यहाँ पशु बलि दिने चलन छ।


त्रिवेणी
तीन नदी मिसिएको स्थान


उदयपुरको कटारी बजारबाट ६ किलोमिटर पश्चिममा ककरु, तावा तथा कमला नदीको संगममा रहेको शक्तिपीठ। यहाँ माघे संक्रान्तिका दिन मेला लाग्छ। त्रिवेणीमा दसैको अष्टमीमा नुहाउने चलन छ|


नारायणगढबाट ७० किलोमिटर पश्चिम र बुटवलबाट ४५ किलोमिटर पूर्व पर्ने बर्दघाटबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणी एकै थलोमा धार्मिक, सांस्कृतिक, प्राकृतिक र पुरातात्विक पर्यटनको आनन्द लिन चाहनेहरूका लागि गतिलो गन्तव्य हो |

हरेक साँझ् यहाँका मठमन्दिरमा हुने पूजापाठ, आरती, वरपर फैलने धूपको सुवास तथा शङ्ख-घण्टको आवाजले अद्वितीय तरङ्ग पैदा गर्छ। नजिकैका स्नानघाटहरूको दृश्य अझ् लोभलाग्दा छन्। गण्डक व्यारेजमा ताल परेर समुद्रजस्तो बनेको नारायणी नदीमा वरपर बलेका बत्तीहरूको छायाँ टल्किँदा आकाश र ताराहरूले धर्तीमै बसाइँ सरेजस्तो लाग्छ।

धार्मिक आस्थासहित गएकाहरूले रातभर भजन-कीर्तन गाएर जाग्राम बस्न पनि सक्छन् भने बिहानै उठेर शिवालयको दर्शनपछि घुमघाम शुरु गर्नु राम्रो। त्यहाँबाट निस्किएपछि डुङ्गा चढेर नारायणी नदी पार गरी जङ्गलैजङ्गल आधा घण्टा हिँडेपछि चितवनतर्फको वाल्मीकि आश्रम पुग्न सकिन्छ। आश्रममा रामायणकालीन ग्रन्थसँग मिल्दोजुल्दो विशेषता बोकेका प्राचीन अवशेषहरू छन्। त्यस्ता पुरातात्विक महत्वका अवशेषबारे रुचि भएकाले थाहै नपाई यहाँ घण्टौं बित्छ। आश्रममा वाल्मीकि ऋषिको तपोस्थल, सीताको कुटी र उनले प्रयोग गरेको विश्वास गरिने इनार तथा ढुङ्गाका विभिन्न औजारहरू देख्न पाइन्छ। त्यस अतिरिक्त रामका पुत्रहरू लव-कुशको पाठशाला, उनीहरूले गरेका साहसी कामको किम्वदन्ती खोतल्ने सामानहरू पनि त्यहाँ छन्। उत्खनन् गर्दा फेला परेका पुराना मूर्तिहरूसहित सीता र हरिहरका दुई छुट्टाछुट्टै मन्दिर पनि छन्।

शिवालय र वाल्मीकि आश्रमसँगै जोडिएको अर्को तीर्थ भारत भैंसालोटनतर्फको जटाशङ्कर मन्दिर हो। त्यहाँबाट नरदेवी र लवकुशघाट हुँदै नेपालकै रानीनगर आइपुग्दा घुम्नुपर्ने ठाउँ अझै बाँकी नै हुन्छन्। गढीमाई, शिवपुर, केउलानीमाई, बेङ्कटेश, लक्ष्मीनारायण र राधाकृष्ण मन्दिर हुँदै सुरुआतको शिवालय मन्दिरमै पुगेपछि यात्रा समाप्त हुन्छ। यी मठमन्दिरहरू सबै परिक्रमा गरिसक्दा पाँच कोष अर्थात् १५ किलोमिटर दूरी हिँड्नुपर्छ। त्यही कारण यो धार्मिक रुटको नाम नै पञ्चकोशी परिक्रमा राखिएको छ। यसरी परिक्रमा गर्नेहरू अरू बेला कम देखिए पनि माघे औंसी, शिवरात्रि र हरिबोधनी एकादशीको मेलामा चाहिँ प्रशस्त हुने गरेको ४० वर्षदेखि यहाँ बस्दै आएका नलराज शर्मा (६७) बताउँछन्। उनका अनुसार चार वर्षयता ११ घण्टा लगाएर परिक्रमा गर्नेहरूको सङ्ख्या निकै बढेको छ।

शिवरात्रिमा पशुपति र विवाहपञ्चमीमा जानकी मन्दिर पुग्ने यात्रीले पनि त्रिवेणीमा पञ्चकोशी परिक्रमा नगरेसम्म मागेको फल पाउँदैनन् भनिन्छ। त्रिवेणीधामको परिक्रमा गाडी चढेर पनि गर्न सकिन्छ। यस्तै वाल्मीकि आश्रमबाट फर्किंदा गण्डक व्यारेजमा डुङ्गा चढेर जलविहार पनि गर्न सकिन्छ। जाडो महिनामा डुङ्गा चढेर घाम ताप्ने र डुङ्गामै बसेर खाई-पिई रमाइलो गर्न पनि पाइन्छ। चितवन राष्ट्रिय निकुञ्जको हरियाली हेर्दै र नारायणीको पानीमा खेल्दै खाइने त्यस किसिमको सुख्खा पिकनिकमा स्थानीय माछाका परिकार, ड्राईफुड र हल्का पेय बढी चल्तीमा छ।

पूर्व-पश्चिम राजमार्गको बर्दघाट त्रिवेणी/भैंसालोटन प्रवेश गर्ने मुख्य नाका हो। नारायणगढबाट ७० किलोमिटर पश्चिम र बुटवलबाट ४५ किलोमिटर पूर्व पर्ने बर्दघाटबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणी पुग्न दुई घण्टा धुले सडकमा यात्रा गर्नुपर्छ। बर्दघाटबाट त्रिवेणीका लागि बिहान सातदेखि साँझ् पाँच बजेसम्म घण्टा-घण्टामा बस छुट्छन्। नारायणगढ वा बुटवलबाट मध्यान्हतिर हिँड्यो भने बेलुका उज्यालैमा त्रिवेणी बजार पुगिन्छ। त्यहाँ खाना र बासका लागि केही स-साना होटलका अतिरिक्त तीन लज र त्यति नै सङ्ख्यामा धर्मशालाहरू छन्।


कन्काई माई
कन्काई माई झापा जिल्लाको प्रसिद्ध मन्दिर हो। यो मन्दिर सदरमुकाम चन्द्रगढीदेखि २८ किलोमिटर उत्तर-पश्चिम दिशामा छ। पूर्वाञ्चलका भक्तजनहरूले यो मन्दिरमा माघे संक्रान्ति तथा बडादसंैका दिन माई नदीमा नुहाएर दर्शन गर्छन्


स्वर्गद्वारी
प्यूठानको खलङ्गाबाट २६ किलोमिटर पश्चिममा छ, स्वर्गद्वारी मन्दिर । नेपालका प्राचीन मन्दिरहरूमध्ये यो मन्दिरलाई एक मानिन्छ । यहाँ परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्थे ।
स्वर्गद्वारीमा ऐतिहासिक अग्निखण्ड, गुफा, महादेव स्वर्ग गएको बाटो, यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ ।

वैशाख पूर्णिमा, बुद्धजयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ ।
समुद्री सतहबाट दुई हजार १ सय २१ मिटर अग्लो स्थानमा रहेको स्वर्गद्वारीको हावापानी, प्राकृतिक सुन्दरता, ऐतिहासिक मनोरम तलाउ, आश्रमको यज्ञशालाको दक्षिण भू-भागमा रहेको ठूलो बाँझको बोट, महाप्रभुले तपस्या गर्ने गरेको गुफा, वि.सं. १९५२ देखि सञ्चालनमा आएको वेद पाठशाला, गोवर्द्धन पहाड, विभिन्न मठमन्दिरलगायतका स्थल मुख्य आकर्षण छन् । वि.सं. १९५२ मा वेदमन्त्रद्वारा प्रकट गरेको अग्निद्वारा सञ्चालित यज्ञकुण्ड स्वर्गद्वारीको विशेष आकर्षणका रूपमा मानिएको छ । वि.सं. १९५० तिर त्यहाँ उत्खनन् गरी पूजा सामग्री फेला पारी आश्रम निर्माण गरिएको इतिहासमा उल्लेख छ । उक्त पूजा सामग्री महाभारत कालमा पाण्डवले यज्ञ गर्दाको हो भन्ने पनि किंवदन्ती छ । स्वर्गद्वारीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने प्रबल सम्भावना छ । यो १०९ वर्षदेखि निरन्तर महायज्ञ तथा होम सञ्चालन भइरहेको एकमात्र धार्मिकस्थल हो ।


पैक मन्दिर
जाजरकोट जिल्लाको खलङ्गाबाट ४८ किलोमिटर उत्तरमा रहेको बिजुलीडाँडामा एउटा मन्दिर छ। मस्टो मन्दिर भनेर चिनिने उक्त मन्दिर वरपर प्रशस्त त्रिशूल एवं घण्टहरू छन्। मन्दिरमा धामी बस्ने चलन पनि छ


छाब्दी बाराही
छाब्दी बाराहीको मन्दिर तनहुँ जिल्लाको दमौलीबाट ५ किलोमिटर टाढा छ। यो मन्दिरमा हाँस, परेवा एवं राँगाको बलि दिइन्छ|

तौथलीमाई
सिन्धुपाल्चोक जिल्ला स्थित तौथलीमाईमा भाद्रपूणिर्मा र दसैंको टीकाका दिन भव्य मेला लाग्छ। यो मन्दिर चौताराबाट २२ किलोमिटर पूर्वमा पर्छ|


विन्ध्यवासिनी
पोखरा को प्रसिद्द भगवति स्थान|

यो मन्दिर पर्साको वीरगञ्जबाट १० किलोमिटरको उत्तर-पश्चिममा छ। यो मन्दिरलाई रणबहादुर शाहले स्थापना गरेका हुन्।


पलाञ्चोक
पलाञ्चोक भगवती को मन्दिर काभ्रे जिल्लामा छ। काभ्रेको पाँचखालबाट ७ किलोमिटर पूर्वस्थित यो मन्दिर राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन्|शिल्पकला को द्द्ष्टि ले पलाञ्चोक भगवति को मुर्ति अद्दितिय मानिन्छ| नक्साल भगवति र शोभाभगवति अनि पलाञ्चोक भगवति एकै शिल्पकार ले तयार गरेको किंवदन्ति रहेको छ|


मैदी
मैदी को मन्दिर धादिङ जिल्लामा छ। धादिङको बुङचुङबाट २ घन्टाको पैदल यात्राबाट पुगिने यो मन्दिर प्राचीनकालदेखि नै प्रसिद्ध छ।पृथ्वीनारायण शाहको व्रतबन्ध यही मन्दिरमा भएको थियो|


कोडकडेनी देवी

छिन्ताङ भगवति
छिन्ताङ धनकुटा जिल्लाकै प्रसिद्ध देवस्थल हो। यो मन्दिर धनकुटा बजारबाट १६ किलोमिटर पश्चिममा छ। यो मन्दिरलाई जालपादेवीको मन्दिर पनि भनिन्छ। यहाँ दसंैमा भव्य मेला लाग्छ


पाथीभरा देवी
पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो। यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । यहाँ सुकेटार विमानस्थलबाट २ दिन पैदल हिँडेर पुगिन्छ। यो मन्दिरमा वर्षभरि मेला लाग्छ|


पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी. को उचाईमा अवस्थित छ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम "पाथीभरा देवी" भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरु पाथीभरालाई "मुक्‍तुवुङ" भनेर चिन्दछन। लिम्बूभाषामा "मुक्‍तु" को अर्थ शक्ति वा बल, "वुङ" को अर्थ बोट भन्ने जनाउँदछ । अर्थात लिम्बूजातिहरु पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रुपमा प्रकट गर्ने गर्दछन।


1. उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति
पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरु छन । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरु अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो। आत्मवोध प्राप्‍त गोठालाहरुले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरु जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरे।

यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ ।

आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ । जसको परिणामस्वरुप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।

2. विश्‍वास आस्था एवं अलौकिक शक्तिकी देवी

माथिनै उल्लेख गरिएको छ कि पाथीभरा देवी विश्‍वास आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ । धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्छ। तर पाथीभरा धाममा गर्भवति (Pregnant), नछुने (पर सरेकी Monthly Course) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरुको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ भन्ने जनधारणा रहिआएको छ ।

पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरु देवीलाई स्वादिष्‍ट फलफूल तथा मिठाईको भोग चढाउँछन । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रुपमा मानिन्छ। त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि (एक किसिमको अनिवार्य रुपमा) चढाउने गर्दछन ।

3. पाथीभरा देवी उत्पतिस्थल
फेदीबाट लेकाली अंगेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिंडेपछि तपाई पाथीभरादेवीको मन्दिर रहेको डाडाँको पश्‍चिमपट्टीको मुखमा फुत्त आईपुग्नुहुन्छ, त्यसबेला तपाईको आगमनको खबर पाएर टक्र्याक टुक्रुक बसेका कुम्भकर्ण हिमाल आफ्नो सम्पूर्ण हिमश्रृंखलाहरु साथैलिई स्वागतको लागि हतारहतार आएझैं भान पर्दछ । कुम्भकर्णको कुमसँग आफ्नो कुम ठोकिएलाकी भनी तपाई आनायस झस्कनु पनि हुन्छ । जतिसुकै थाके पनि वुरुक्क उफ्रिएर कुम्भकर्णको कुममा चढौंचढौं लाग्दछ । कञ्चनजंघाको भिरालो फाँटहरुमा चिप्लेटी खेल्ने रहर जागेर आउन सक्दछ । साँच्चै नै भन्नुपर्दा यी हिमश्रृंखलाहरुको मगमुग्धकारी अलौकिक दृश्यले सम्मोहित भई तपाई स्वर्गीय आनन्दको अनुभूतिमा डुब्नुहुन्छ, भावशून्य भएर आफैं-आफैंमा हराउनुहुन्छ ।

अब तपाईको ध्यान पाथीभरा मन्दिरतर्फ आकर्षित गरौं क्यार। दक्षिणबाट उत्तरतर्फ केही ओह्रालिएर गएको चउरीलो फाँटको ठीक पूर्वपट्टि अत्यन्तै कहालीलाग्दो भीरको शिरानमा सबै श्रद्धालुभक्तजनहरुको मनोकांक्षा पूरा गरिदिने देवी पाथीभराको मन्दिर अवस्थित छ । अब तपाई देवी पाथीभराको चरणमा उपस्थित हुनुहुन्छ। भनिन्छ — यहाँ रहेको पाथीभरा देवीको नयाँ प्रतिमा नेपाल भरिकै सबैभन्दा अग्लो (८'६") भगवतिको प्रतिमळ् हो । अब तपाई देवीको दर्शन तथा पूजा अर्चनाको तयारीमा लाग्नुहोस ।

देवी दर्शन तथा पूजा अर्चना सकिएपछि पाथीभराबाट देखिने हिमश्रृंखलाको अवलोकन गर्न पटक्कै नभुल्नुहोला । यदि केही समय निकाल्न सक्नुहुन्छ भने पाथीभराबाट कञ्चनजंघामा सूर्योदय र सूर्यास्तको अत्यन्तै सुमधुर सुन्दर मोहनीलाग्दो दृश्य हेर्न तथा यसलाई आफ्नो क्यमरामा कैद गर्ने अवसर नगुमानुहोस।

छिन्नमस्ता भगवती

1. परिचय
सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र(सप्तरी जिल्लाको छिन्नमस्ता गाउँ विकास समिति-२, सखडा गाउँमा) पर्ने छिन्नमस्ता छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुदा नेपाल-भारतका जनताको ठूलो आस्था छ|
2. इतिहास
प्राचिन इतिहास र किवंदन्ती का अनुसार , सन् १०९७ मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव भागेर पाटली पुत्र हुँदै मिथिला आई पुगेर सिम्रौनगढ (बारा)मा राजधानी कायम गरे । यिनै नान्यदेव वंशको पाँचौँ पुस्तामा शक्रसिंह देव राजा भएका थिए । उनी नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए । त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ । देवीको शीर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको हो ।
सिम्रौनगढका राजा शक्रसिंह देवले आˆनो कुल देवी शुक्रेश्वरीको स्थापना गरी मन्दिर बनाएका थिए।  राजा शुक्र सिंहको अपभ्रंश भएर नै उक्त गाउँ सखडा हुन गएको हो । तीन दशक पूर्वसम्म सखडा भगवतीलाई सखडेश्वरी भगवती भनेर नै पूजा गरिन्थ्यो ।
3. मन्दिर
मन्दिरभित्र मूल देवीको रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ । उक्त मूर्तिको पाउँतिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुङ्गामा कुँदिएको छ । मूल मूर्तिको देबे्रपट्टि दक्षिणकाली, महषमर्दिनी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति स्थापित छ । ती मूर्तिहरूलाई पञ्चभगिनी पनि भनिन्छ ।
पूजा समितिले वर्षका चारवटै नवरात्रमा ५६ प्रकारका परिकार बनाई मध्यरातमा पूजा गर्ने गर्दै आएको छ । पूजा गर्दा केही विघ्नबाधा उत्पन्न हुन थालेपछि भगवतीको सिंहासनमा एउटा जन्तर राखी महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिएको छ । यहाँ बलि प्रदान गर्दा निस्केको रगतमा झिङ्गा नबस्नु, रगत लुगामा लागे पनि दाग नलाग्नु, रगत पोखरीको पानीमा मिसिदा रातो नहुनु, बलि प्रदान गर्ने नाममा राखेका खसी बाख्रालाई केही नहुनु, बलिका लागि किनेका पशुलाई कुकुर र स्याल टोकेको छ भने मन्दिर नपुग्दै मर्नु आदि आश्चर्यजनक काम हुँदै आएको भनाई रहेको छ।
4. महत्त्व
छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुँदा यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरूको बोका, भँेडा, परेवा, हाँस र माछा आदि बलिदान सामाग्रीसहित दिनहुँ घुइँचो लाग्ने गरेको मूल पुजारी महानन्द ठाकुर बताउनुहुन्छ । यहाँ प्रत्येक दिन ५० वटाभन्दा बढी तथा बडादसैँमा हजारौँ बोका, भेंडा, परेवा, हाँस र माछाको बलि चढाइन्छ । मनोकामना पूरा भएकाहरूले पञ्चबलिसमेत गर्छन् । यहा वर्षेनी ३० हजार भन्दा बढि बलि प्रदान हुने गरेको विश्वास गरिन्छ|
छिन्नमस्ता भगवती मुसलमानहरूको पनि आस्थाको केन्द्र बनेको छ । मुसलमान समुदायका हजारौँ व्यक्ति विभिन्न मनोकामना लिएर छिन्नमस्ता भगवती मन्दिर बाहिर बसी फूलहैस गर्न आउने गरेका पुजारी ठाकुर बताउनुहुन्छ।

करिब सवासय वर्षअघि सखडाको भगवती मन्दिर एउटा गुफाको रूपमा थियो । त्यहाँ स्थानीय बासिन्दा च्याखुरी नानी र चुनीलाल ठाकुरले सफा गरी भीक्षाटनबाट सङ्कलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए तर सो मन्दिर वि.सं. १९९० सालको भूकम्पमा भत्किएकोले त्यस बेलाका पुजारी अनिरुद्ध ठाकुरले समाजको सहयोगमा टिनको छाना भएको मन्दिर बनाएका थिए सो पनि जीर्ण हुँदै गएकाले वि.सं. २०२८ सालमा तत्कालीन भारतीय रेल मन्त्री ललितनारायण मिश्रले पक्की मन्दिरको साथै तीन कोठे धर्मशाला पनि बनाउन लगाएका थिए । वि.सं. २०४४ सालमा तत्कालीन राजा बीरेन्द्रले मन्दिर निर्माणको लागि रु. पाँच लाख चढाएर भगवतीको प्यागोडा शैलीको भव्य मन्दिरको निर्माण गराए जुन अद्यावधि छ ।
नेपाली बृहत् शब्दकोशमा छिन्नमस्ताको अर्थ घाँटी छिनेको, आˆनो टाउको हातमा लिई घाँटीबाट निस्केको रगतको धारा त्यसै टाउकोलाई खुवाई रहेको भन्ने छ । यस कुरा सखडास्थित मूर्तिसँग मेल खाँदैन । वि.स. १९८४ मा सप्तरी तिलाठी निवासी ज्योतिषी यदुनन्दन मिश्रले अष्टधातुले बनेको एउटा घण्टा सखडा मन्दिरमा चढाएका थिए । उक्त घण्टामा शक्रेश्वरी एकपटक र महिषमर्दिनी दुईपटक लेखिएको छ । यसबाट स्पष्ट हुन्छ शक्रसिंहले आफ्नो इष्टदेवी भगवती स्थापना गरेका थिए ।
सखडा भगवतीको मूर्तिलाई सूक्ष्मरूपले हेर्दा तीनवटा टुक्रा मिलाएर स्थापित गरिएको देखिन्छ । सन् १३२८ मा गयासुद्धिन तुगलकले तिरहुतमाथि आक्रमण गरेका थिए । जसको फलस्वरूप सिम्रोनगढ ध्वस्त भयो । सिम्रौगढका मूर्तिहरू समेत अहिले पनि फुटेकै अवस्थामा छन् । यस प्रकार सखडा भगवतीको मूर्ति पनि त्यहीबेलाको आक्रमणमा फुटेको इतिहासविद् हरिकान्तलाल दास अनुमान गर्नुहुन्छ ।


टुडालदेवी

काठमाडौ को मध्य भाग मा अवस्थित महाराजगञ्ज(उ),चण्डोल(पू), बिशालनगर(द)र वालुवाटार(प) को बीच मा रहेको पौराणिक महत्व बोकेको देवी स्थल र सो स्थल म विराजमान देवी|प्यगोडा शैली को टुडालदेवी को मन्दिर इक्षुमति को किनार मा रहेको छ|यस मन्दिर को दक्षिण मा रहेको मसान, अति पवित्र मानिन्छ|
नजिकै को अर्को देवगण भाटभटेनी लाई यिन को छोरी ज्वांई मानिएको छ| वर्षेनी चैत्रशुक्ल पूर्णिमा मा टुडालदेवी को परम्परागत जात्रा चलाइन्छ जस्मा भाटभटेनी को विशाल मुर्ति टुडालदेवी मन्दिर मा ल्याईन्छ|यो जात्रा को महत्व पुर्ण भाग हाडिगाउ को गहना पोखरी मा सम्पन्न हुन्छ|

टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनी ले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडे सँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी भाटभटेनी ले राति नै र्फर्किएको भन्ने आख्यान पाइन्छ। जुनबेला हराएको गहना नै प्रत्येक वर्षखोज्ने गरिएको भनाइ छ।बलि दिइएको राँगाको रगतले नुहाएका पोडे(द्यलाः ) पुजारीलाई शिरमा राखी गरिने टुँडालदेवी (त्वरः अजिमा ) को गहना खोज्ने जात्रा परम्पराअनुसार चैत्रशुक्ल प्रतिपदा का दिन हुने गर्छ। टुडालदेवी मन्दिर को पुजारी अधपि पोडे (द्यलाः)जात को हुने गर्दछ|

त्रयोदशीको राति भाटभटेनी(मपता अजिमा ) लाई टुँडालदेवीबाट र्फकाइँदा मृत्युकर्ममा बजाइने सिं:बाजा बजाइन्छ भने सो खट हेर्नुहुँदैन भन्ने मान्यता रहेको पाइन्छ। जात्रामा टुँडालदेवी (आमा), भाटभटेनी (छोरी-ज्वाइँ), नक्साल भगवती, मनमानेश्वरी, धुम्बाराहीसहित धनगणेशलगायतका देवीदेवताहरूको खटजात्रा हुने गर्दछ।

यति धेरै देवदेवी को खट एकै स्थान मा ल्याईउनु ले पनि टुडालदेवी को महिमा एवं महत्व बुझ्न सकिन्छ|
एक कथन अनुसार-- नरः भिया (हाँडीगाउँ बासीका) त्वरः द्यः (टुँडालदेवी) मागः मिया (माली गाउँबासीका) मयती (मैतीदेवी)

0 comments:

Post a Comment

 
Top