Menu


.

परिचयः

योनिको अन्तकलामा (भित्री छाला) विभिन्न संक्रमण, शोथ एवं दाह हुन पुग्यो भने त्यसलाई योनिशोथ भनिन्छ । योनिशोथ समयमै उपचार नभएपछि गर्भाशयसम्म पनि पुग्न सक्छ । कहिलेकाही“ भगप्रदेशका अन्य अंगहरुमा पनि स“गस“गै शोथ हुन जान्छ । योनिशोथ विशेषगरी गर्भाशयग्रीवा शोथ वा भगशोथका साथ पाइन्छ । भगशोथमा स्त्री जनेन्द्रियका बाह्र अंगमासमेत शोथ उत्पन्न हुन्छ । यो विभिन्न कारणले हुन्छ, जस्तैः संक्रमण मुख्य रुपमा गोनोरिया (सुजक), सिफलिस (भिरङ्गी) एवं अन्य जननाङ्ग प्रदेशका रोग एवं रतिज रोगहरुको संक्रमण ।

 अभिघात–जुनसुकै माध्यमबाट योनिप्रदेशमा आघात पर्न गएमा त्यसले योनिशोथ उत्पन्न गर्छ । असुरक्षित गर्भपात, अत्यधिक मैथुन, अप्राकृतिक मैथुन, गर्भनिरोधका कतिपय साधनको असावधानी प्रयोग, पेसरीको अनुचित प्रयोग, कठिन प्रसव, धेरैचोटिको प्रसव आदि कारणले योनिप्रदेशमा अभिघात उत्पन्न हुन्छ । साथै कब्जियतको समस्या, अत्यधिक शारीरिक श्रम पनि यसको समस्या मानिएको छ । योनिप्रदेशको सरसफाइमा कम ध्यान दिनु र विशेषगरी महिनावारी वा प्रसव भएका बेला सरसफाइमा ध्यान नदिनु यसको मुख्य कारण मानिएको छ । मधुमेह, टिवी, हेपाटाइटिस, गलगा“डको अवस्थामा पनि योनिशोथ देखिन जान्छ । त्यस्तैः टाइफाइड ज्वर, विसूचिका प्रवाहिका, रोहिणी (बाल्यावस्थामा), योव्रिण, नालव्रण (फिस्टुला) का कारणले पनि संक्रमण हुन जानुका साथै स्त्रीराग रको कमी आदिका कारणले योनिशोथ हुन्छ ।

योनिशोथले हरेक उमेरका व्यक्तिहरुमा असर पु¥याउ“छ । बच्चादेखि प्रौढासम्म यसको समस्या पाइन्छ तर कारण भने फरक–फरक हुन सक्छन् । योनिप्रदेशमा प्रकृतिले पनि योनिको संक्रमण रोक्नका लागि अम्ल पदार्थको स्राव गराइदिन्छ । यही अम्लीयताका कारणले अनावश्यक जीवाणुहरु त्यहा“ बस्न सक्दैनन् तर कतिपय अवस्थामा अम्लीयताको अभावले त्यहा“ स्रक्रमण हुन पुगी योनिशोथ हुन जान्छ । यो समस्या १०–१२ वर्षका केटाकेटीहरुमा मुख्य रुपमा पाइन्छ । साना उमेरका केटीहरुमा कहिलेकाही“ कुनै विजातीय पदार्थ योनिभित्र पस्न पुगेमा त्यहा“ छालामा असर पुगी संक्रमणको समस्या पनि बढ्न सक्छ । यस्तो संक्रमण गराउने गोनोकोकस, स्टे«प्टोकोकस र न्यूमोकोकस नामक जीवाणु मुख्य रुपमा पर्दछन् ।
बच्चा जन्माउने उमेरका स्त्रीहरुमा योनिशोथको मुख्य कारण संक्रमण मानिएको छ । त्यस्तै, यस्ता उमेरका स्त्रीहरुमा र यसभन्दा पाका उमेरका व्यक्तिहरुमा पनि परजीवी एवं जीवाणु (ब्याक्टेरिया) का अतिरिक्त अन्य रोग एवं समस्या जस्तैः गर्भस्राव, अत्यधिक गर्भाधान आदिलाई पनि यस रोगका लागि कारण मानिएको छ ।

लक्षणः
१) योनिस्राव बढ्छ ।
२) योनिस्राव कहिले सेतो, कहिले पहेंलो र कहिले रातो हुन्छ ।
३) योनिस्राव दुर्गन्धित हुन्छ ।
४) योनिशोथ भएका प्रदेशमा चिलाउ“छ ।
५) योनिशोथ भएको ठाउ“को छाला सुन्निएको एवं केही रातो हुन्छ ।
६) जलन एवं पीडाको अनुभव हुन्छ ।
७) योनिशोथ भएका ठाउ“मा घाउ हुन्छन् र स्त्रीलाई हि“डडुल गर्न पनि असजिलो हुन्छ ।
८) पिसाब पोल्छ एवं पिसाब फेर्न पनि गाह्रो हुन जान्छ ।
रोकथामः
१) प्रजनन अंग या यौनाङ्गमा कुनै पनि असामान्य अवस्थामा रोग देखिएमा तत्काल उपचार गर्नुपर्दछ । लाज मानेर लुकाउनु हु“दैन ।
२) पहिले नै सावधान भएर अनावश्यक गर्भधारणबाट जोगिनुपर्दछ । असुरक्षित र पटक–पटक गर्भपात गराउनु अत्यन्त हानिकारक छ । ३) वर्षेनी सन्तान जन्माइरहने महिलाहरुमा पनि यस्तो समस्या ञ अत्यन्त धेरै देखिएको छ । त्यसैले पा“च वर्षको अन्तरमा दुई मात्र सन्तान जन्माउनुपर्दछ ।
४) अत्यधिक मैथुन गर्ने, अप्राकृतिक मैथुन गर्ने र धेरै जनास“ग मैथुन गर्ने आदि बानी–बेहोरा भएका महिलाहरुमा यो बढी पाइएको छ ।।
त्यसैले आफ्ना श्रीमान्–श्रीमतीबीच मात्र प्राकृतिक र स्वभाविक रुपमा मैथुन गर्नुपर्दछ ।
५) योनिप्रदेशको राम्रो सरसफाइ गर्नुपर्दछ । महिनावारीका बेलामा अझ बढी सरसफाइमा ध्यान दिनुपर्दछ । महिनावारीका बेलामा सरसफाइ, पोषिलो खाना र आराम अरु बेलाभन्दा बढी चाहिन्छ ।
६) महिनावारीका बेला मैथुन गर्नुहु“दैन । यस्तो बेला योनिप्रदेशबाट बग्ने रगतलाई सोस्न कपडाको प्याड प्रयोग गर्नुपर्दछ । यस्तो प्याड बजारमा किन्न पाइन्छ र घरैमा कपडाको टुक्रा पट्याएर बनाउन पनि सकिन्छ । यस्तो प्याड अत्यन्त सफा हुनुपर्दछ । घरैमा बनाएको कपडाको प्याड हो भने साबुनले सफा गरी पानीमा उमालेर घाममा सुकाई प्रयोग गर्नुपर्दछ ।
सरल उपचारः

सर्वप्रथम के कारणले योनिशोथ भएको हो, सो पत्ता लगाई उपचार गर्नुपर्छ । रोगीले योनिप्रदेशको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
१) योनिशोथका कारणले चिलाउने हु“दा यदि निद्रा खल्बलिएमा निद्राजनक औषधि (तपस्वनीवटी) रातमा दिन सकिन्छ ।
२) त्रिफलाचूर्णको क्वाथ बनाई योनि सफा गर्दा लाभदायक हुन्छ ।
३) फिटकिरीको घोल योनिमा राखेमा
अम्लीयताको वृद्धि भई कीटाणु मर्न जान्छन् ।
४) फिटकिरी र स्वाग समभागमा मिसाई घोल बनाई योनिमा उत्तरवस्ती दिन सकिन्छ ।
५) दशमूल क्वाथले योनि सफा गर्न सकिन्छ ।
६) पीपल, वर, लहरेपीपल, डुम्री, पोकरी
(पञ्चवल्कल) आदि कषायप्रधान रस भएका द्रव्यको क्वाले योनि सिंचन गर्न सकिन्छ ।
योग एवं प्राकृतिक चिकित्साः
१) तातो कटिस्नान गर्नुपर्दछ ।
आयर्वेदिक औषधिः
१) गुडुच्यदि तेल
२) जात्यादि तेल वा घृतको पिचूधारण
३) आरोग्यवर्धनी वटी
४) दशमूलारिष्ट
५) चन्दनासव
६) कामदूधारस
७) सारिवाद्यारिष्ट ।

0 comments:

Post a Comment

 
Top