Menu


.

आफ्नो व्यक्तित्व र शारीरिक स्थिति कस्तो बनाइराख्ने भन्ने हरेक व्यक्तिको फरक फरक र आ आफ्नै रुची हुन्छ । आजको युगमा पातलो रहनुलाई सौन्दर्य, आकर्षक व्यक्तित्व, छरितोपना र स्वस्थको दृष्टिबाट समेत राम्रो मानिन्छ । यसको बिपरित मोटोपनालाई भद्दा, अनाकर्षक र बिभिन्न रोगको कारक मानिदै आएको छ । तथापी कतिपय मानिस प्रशस्त खानेकुरा खाँदा खाँदै पनि दुब्लोपनाको शिकार भएका हुन्छन र सधैं चिन्तित अवस्थामा रहन्छन । आज हामी यस्तोमा शरीरलाई कसरी मोटोघाटो र हृष्टपुस्ट बनाउने भन्ने टिप्स राखेका छौं । यी उपाय अपनाएमा तपाईं अवश्य आफ्नो शरीर अनुसारको तौल बढाउन सक्नुहुनेछ ।

 
१. बारम्बार पानी पिउनुहोस । याद राख्नुहोस, हाम्रो शरिर साठी प्रतिशत पानीले निर्माण भएको छ । वयष्क पुरुषले दिनको ३ लिटर र महिलाले २.२ लिटर पानी पिउनु जरुरि छ ।
२. अरुबेला प्रशस्त पिएपनि खाना खानु अघि आधा घण्टा र खाना खाएपछि आधा घण्टा सम्म पानी नपिउनुहोस । कारण - खाना खाँदा आमाशयमा सक्रिय हुने पाचनरसलाई पानीले पातलो DILUTEबनाउछ र तपाइंले खाएको खाना राम्रोसंग शरीरले ग्रहण गर्न सक्दैन ।
३. तौल बढाउनका लागि सबैभन्दा पहिला फिट रहनु जरूरी छ । यसको लागि नियमित हल्का व्यायाम आवश्यक हुन्छ, यसका लागि फिटनेस सेन्टर जान सकिन्छ ।
४. बिहान उठेर एक गिलास दुध र एउटा केरा नियमित सेवन गरेमा तपाइंको तौल केही दिनमै उल्लेख्य रुपमा बढेको पाउनुहुनेछ ।
५. मोटोपनाको एकमात्र गणित भनेको तपाइंको शरीरले जति क्यालोरी खर्च गर्छ त्यो भन्दा धेरै जम्मा गर्नु हो । यसको लागि तपाइंको शारीरिक श्रमको अनुपातमा बढी क्यालोरी युक्त खानेकुरा खानु पर्दछ । तर, बढीमात्रामा जंकफुड भने नखानुहोस् ।
६. खाना खाँदा कहिले हतार नगर्नुहोस, जुनसुकै खानेकुरा खाँदा पनि पूर्ण रुपमा चपाई चपाई बिस्तारै खानुहोस । पुरा नचपाई हतार गरेर खाँदा हामीले खाएको अधिकांश पोषक तत्व शरिरले ग्रहण नगरी खेर गैरहेको हुन्छ ।
७. जंकफुड र फास्टफुडको तुलनामा स्वस्थ र धेरै क्यालोरीयुक्त खानालाई प्राथमिकता दिनुहोस् ।
८. ठिक ठिक समयमा खाना खाने बानी बसाउनुहोस, छाक छोड्ने वा भोक नलागेको बेला अल्छी गरेर नखाने नगर्नुहोस ।
९. यदि तपाई स्वस्थ तरिकाले तौल बढाउन चाहनुहुन्छ भने बिहानको नास्ता ‘हेभी’ हुनुपर्नेछ । बिहानको यसप्रकारको नास्ताले दिनभर उर्जावान् बनाइरहन्छ ।
१०. प्रोटिन शेक एउटा राम्रो विकल्प हुन सक्छ, यसले हड्डी पनि बलियो बनाउँछ ।
११. चिकेन, भात, माछा, अण्डालगायतका बढी प्रोटिन पाइने खाना तौल बढाउनमा सहायक हुन सक्छ ।
१२. अंकुरित खाद्यपदार्थमा राम्रो मात्रामा प्रोटिन पाइने भएकाले यस्ता खानाले तौल बढाउन सक्छ ।
१३. पनीर, मख्खन, घिऊ, तेल तथा तैलीय खानाले मोटाउन सकिन्छ । तौल बढाउनका लागि फुलक्रिम दूधमा रातभर चना भिजाएर बिहान खानुपर्छ ।
१४. नियमित व्यायामका साथसाथै हाम्रो शरीरमा आरामको पनि अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ, यसर्थ  हरेक दिन कम्तिमा आठ घण्टा पूर्ण रुपमा निदाएको हुनु पर्दछ । आहार, बिहार र आराम ठिक समयमा टाइम टेबल मिलाएर गर्नुपर्दछ ।
१५. चिन्तित रहँदा शरिरको धेरै उर्जा नष्ट भैरहेको हुन्छ यसर्थ सधै दिमाग फ्रेश राख्ने र खुसि रहने कोशिस गर्नु पर्छ ।

यी बुँदाहरुमा ध्यान दिएको खण्डमा तपाईंले आफुले चाहे अनुसारको शरीर बनाउन सक्नुहुनेछ ।

0 comments:

Post a Comment

 
Top