Menu


.




महिनावारी अर्थात् रजस्वला महिलाहरूमा हुने एउटा प्राकृतिक प्रक्रिया हो। यो सामान्यतया १२-१३ वर्षपछि सुरु हुन्छ र करिब ५० वर्ष पुगेपछि बन्द हुन्छ। महिनावारी सुकेको अवस्थालाई मेनोपाज भनिन्छ। महिनावारी सुकिसकेपछि एस्ट्रोजेन हार्मोन कम हुन्छ। एस्ट्रोजेन हार्मोनको कमीले विभिन्न किसिमको असर देखिन्छ।

-    महिनावारी सुकिसकेपछि महिलाहरूमा हड्डी खिइने समस्या पुरुषको भन्दा चार गुणाले बढी हुन्छ।

-    महिनावारी सुकेको २ वर्षमा हड्डीको घनत्व ३ देखि ५ प्रतिशतले घटिसकेको हुन्छ र त्यसपछि प्रत्येक वर्ष १ देखि २ प्रतिशतले घट्छ।

-    महिनावारी सुकेका महिलाहरूमा हड्डी भाँचिने सम्भावना बढी हुन्छ। ५० वर्ष पार गरेका महिलामा प्रत्येक ७- ८ वर्षमा दोब्बर संख्यामा हड्डी फ्याक्चर भएको तथ्य अध्ययनले देखाएको छ।

-    ८० प्रतिशत कम्मरको फ्याक्चर महिलामा मात्र पाइन्छ। ५५ वर्ष पार गरिसकेका महिलामा यस्तो फ्याक्चर हुने सम्भावना ४० गुणाले बढ्छ।

-    ढाडको हड्डी फ्याक्चर हुने औसत आयु ७० वर्ष हो भने कम्मर फ्याक्चर हुने औसत आयु ८२ वर्ष हो।

0 comments:

Post a Comment

 
Top