Menu


.



हिजोआज धेरै मानिस डिप्रेसनको सिकार हुने गरेका छन्। त्यसैले उनीहरू डिप्रेसन भएपछि चिकित्सकको सल्लाहअनुसार औषधि खान्छन्।  । त्यसो त डिप्रेसनका वंशानुगतका साथै अन्य विविध कारणहरु हुन्छन, तिनको मूल कारण पत्ता लगाएर मनोचिकित्सकको सल्लाह अनुसार व्यवहार र जीवन शैलीमा परिवर्तनका साथसाथै आवश्यक अनुसार औषधीको प्रयोग गर्नु पर्नेहुन्छ । यहाँ गर्न लागिएको डिप्रेसनको कुरा , दिमागमा आउने सामान्य नैराश्यजनक भावना र उदासीको मात्र हो ।

हाम्रो भान्सामै बन्ने चीजबाट पनि डिप्रेसनमुक्त हुन सकिन्छ। चिनीको प्रयोगले डिप्रेसन कम गर्न सकिन्छ । शरीरमा चिनीको मात्रा ठीक बनाए नयाँ ऊर्जा मिल्छ। अल्छी लागेको छ भने चिनीबाट बनेका खानेकुरा खानुपर्छ। एक गिलास जुस, एक टुक्रा केक तथा एक-दुई चम्चा डेजर्ट खाएर पहिलेजस्तै तरोताजा महसुस गर्न सकिन्छ। पश्चिमा मुलुकहरुमा डिप्रेसन कम गर्ने र मुड अन गर्ने खानेकुराको रुपमा चकलेटलाई लिने गरिएको छ । प्रेमी प्रेमिका भेटघाट तथा अन्तरंग सम्बन्ध सुमधुर र गाढा बनाउन पनि चकलेटलाई प्रयोग गर्न सकिन्छ ।


0 comments:

Post a Comment

 
Top