Menu


.

युवाहरूमाझ लोकप्रिय रहेका युरोपका चर्चित गायक तुलसी सिवाकोटीको नयाँ म्युजिक भिडियो तयार भएको छ । ‘पिपलपाते ओठैले मुसुमुसु हाँसेर… ‘ बोलको सो म्युजिक भिडियोमा प्रवेश ढुंगाना,अन्जु चौलागाईंको अभिनय देख्न सकिन्छ।

हाल स्पेनमा रहेर नेपाली सांगीतिक क्षेत्रमा जम्दै गरेका गायक सिवाकोटीको सो म्युजिक भिडियोको निर्देशन दिलिप समनले गरेका हुन् । म्युजिक भिडियो नेपालमा नै छायांकन गरिएको हो । श्रीराम अधिकारीकोको शब्द संकलन रहेको उक्त गीतमा संगीत भने रियाज सिवाकोटीको रहेको छ ।

मुहार एल्बममा रहेको यो गीत धेरै स्रोताहरू, संगीत प्रेमीहरूको मन जित्न सक्ने गायककार तुलसी सिवाकोटीले बताउनु भएको छ । स्मरण रहोस गायक सिवाकोटीको केही दिन अगाडि मात्र साबजनिक गरिएको ‘गर्नु गर्यो कलियुगको इन्टरनेटले ‘ बोलको गीत छोटो समयमा नै लाखौ नेपालीहरूले मन पराएका थिए ।

गायक तुलसी सिवाकोटी लामो समयदेखि स्पेनलाई आफ्नो कर्मथलो बनाउदै आएपनि गीत संगीतको प्रेमलाई भने उनले सजीव राखेका छन । विशेषगरी प्रवासका श्रोताहरूले अत्याधिक रुचाएका गायक सिवाकोटीको यसअघि ‘नेपाल मेरो गाउँ, तिम्रो मेरो प्रेम कहानी, आमा मेरी आमा लगायतका गीतहरू श्रोताहरूमाझ लोकप्रिय भैसकेका छन ।

पछिल्लो समय निकै व्यस्त सम्पादक ओम प्रसाईले निकै मेहनतका साथ् तयार गर्नुभएको यस म्युजिक भिडियोलाई म्युजिक हाईलाईटले बजार ब्य्बस्थापानको जिम्मा लिएको छ ।

 


0 comments:

Post a Comment

 
Top