Menu


.

ब्लग के हो र कहिलेबाट सुरु भयो ?
       ब्लग यौटा अनलाईन डायरी हो जसमा तपाईलाई मनमा लागेका कुराहरु निर्धक्क भएर लेख्न सक्नु हुन्छ र इन्टरनेटको माध्यमबाट संसारभरि रहेका साथीहरुसंग तपाईका भावना, विचार, आदि साट्न सक्नुहुन्छ र इन्टरनेटकै माध्यमबाट सल्लाह, सुझाब वा प्रतिक्रिया लिन सक्नु हुन्छ।  ब्लग शब्द वेबलग (Weblog) लागि छोटो रुप हो।
     ब्लग सन् १९९० तिर सुरुवात भएको मानिन्छ। तर सन् २००० पछि मात्र यसको प्रयोग र बिकाश भएको पाइन्छ। अहिले ब्लगको व्यापक प्रयोग हुन थालेको छ।

ब्लग कसरी बनाउने ?
        ब्लग निशुल्क बनाउन सकिन्छ। ब्लग बनाउनको लागि www.blogger.com , www.wordpress.com , www.joomla.com , प्रयोग गर्न सकिन्छ। आज म तपाईहरुलाई www.blogger.com बाट ब्लग बनाउन  सिकाउछु।

     सर्वप्रथम तपाईले जीमेलमा आफनो एकाउन्ट खोल्नुहोस् । त्यसपछि www.blogger.com खोल्नुहोस् र जिमेल Username र Password प्रयोग गरेर Sign In गर्नुहोस् ।

      त्यसपछि Create New Blog मा Click गर्नुहोस् । त्यसपछि Blog Title मा ब्लगको नाम/शीर्षक राख्नुहोस्, Blog Address मा तपाइले चाहेको ब्लगको ठेगाना राख्नुहोस् (जस्तै : www.nabin.blogspot.com) (तपाईले राख्ने रातो अक्षरमा देखाईएको जस्तो मात्र हो ) ध्यान दिनुहोस् तपाइले लेखेको ठेगानामा कतै पनि स्पेस हुनुहुँदैन । तपाइले लेखेको ब्लगको ठेगाना छ कि छैन भन्न Check Availability मा खोज्नुहोस् । यदि छ भने तपाइको Blog Address छ भन्ने लेखिएको हुन्छ यदि भएन भने त्यहां Sorry, this blog address is not available यस्तो म्यासेज आउंछ । त्यसपछि तपाईले ब्लग टेम्पलेट छान्नुपर्ने हुन्छ (ब्लग टेम्पलेट पछि पनि परिवर्तन गर्न सकिन्छ ) ।  ब्लग टेम्पलेट छानिसकेपछि Create Blog  मा Click गर्नुहोस् ।

        यति गरिसकेपछि तपाईको ब्लग/वेवसाईट तयार भयो ।
XML/HTML को ज्ञान छ भने यसको सहयोगबाट तपाईको ब्लग/वेवसाईटलाई थप आर्कषक बनाउन सक्नुहुनेछ ।

0 comments:

Post a Comment

 
Top